काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत बंगलादेशले ईङल्याण्डलाई १२५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको हो ।
बंगलादेशका लागि मुशाफिकुर रहिमले सर्बाधिक २९ रन बनाएका थिए भने मह्मुदुल्लाह र नासुम अहमदले १९-१९ रन बनाएका थिए ।
त्यस्तै नुरुल हसनले १६ रन बनाए भने महेदी हसनले ११ रन बनाएका छन् ।
त्यस्तै टिमाल मिल्सले ३ विकेट लिएका थिए । त्यस्तै मोइन अली र लिआम लिभिङस्टोनले २-२ विकेट लिएका थिए । त्यस्तै क्रिस वोक्सले एक विकेट लिएका थिए ।
१२५ रनको लक्ष्य पाएको ईङल्याण्डले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।




