खेलकुद

दक्षिण अफ्रिकालाई वेस्टइन्डिजको मध्यम लक्ष्य

काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१ मा साविककाे विजेता वेस्टइन्डिजले दक्षिण अफ्रिकालाई जितको लागि मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएकाे सुपर १२ को समूह ए को खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।

वेस्टइन्डिजका लागि ओपनर इविन लेविसले अर्धशतक प्रहार गरे । उनले ३५ बलमा सर्वाधिक ५६ रन बनाए । त्यस्तै, कप्तान काइरन पोलार्डले २६ रन, लेन्डन सिमन्सले १६ रन बनाए भने क्रिस गेल र निकोलस पुरनले समान १२/१२ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि डवेन प्यट्रियटर्सले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, केशव महाराजले २ विकेट तथा एनरिच नोर्किया र कागिसो रबाडाकाे नाममा समान एकएक विकेट रह्याे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *