खेलकुद

इरानविरुद्ध नेपालकाे रक्षात्मक रणनीति

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटमा बलियो इरानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक गरिएकाे छ ।

प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलअघि सुरुवाती ११ सार्वजनिक गरेका हुन् । नेपालले बलियो इराकविरुद्ध रक्षात्मक रणनीति अपनाएको छ ।

इरानविरुद्ध कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीले समाल्नेछन् । यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेछन् । मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन् ।

यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले समाल्नेछन् ।

इरानविरुद्ध नेपालको सुरुवाती ११ :

गोलरक्षक – अर्पण कार्की (कप्तान)

डिफेण्डर – सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

मिडफिल्डर – रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट,

स्ट्राइकर – मनिष डांगी, अभिषेक रिजाल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *