शिक्षा / स्वास्थ्य

गौरिकालाई कोरोना संक्रमण

काठमाडौँ । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन । 

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।  प्रतिस्पर्धा सकेर  बेलायत पुगेको केही सातामै उनले काेराेन संक्रमण भएकाे हाे । 

उनी आइसोलेसनमा बसेकी छन् । ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *