काठमाडौं । आईसीसी महिला विश्वकप एक वर्षपछि सरेको छ । सन् २०२२ मा हुने भनिएको आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्षपछि सरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्षपछि सार्ने निर्णय गरेको हो । अब महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिाकामा हुनेछ ।
विश्वकप २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म हुनेछ । यसअघि महिला विश्वकप २०२२ को अन्तिममा हुने बताइएको थियो ।




