देश

निर्वाचनबारे छलफल गर्न आयोगले मङ्सिर ४ गते दलहरूलाई बोलायो

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई बोलाएको छ।

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मङ्सिर ४ गते छलफलका लागि पत्राचार गरिएको पुष्टि गरेका छन्।

सरकारले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ। यस्तै, स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा पनि बहस हुँदै आएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पनि स्थानीय तह र प्रदेशसभा निर्वाचनका विषयमा छलफल गर्न आयोगले मङ्सिर ४ गते राजनीतिक दलहरूलाई बोलाएको बताएका छन्।

छठ पूजाका लागि आइतबार सर्लाही पुगेका थापाले त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनका विषयमा छलफल गर्न आयोगले दलहरूलाई आमन्त्रण गरेको जानकारी दिएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *