काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ चयन हुने आफ्ना सांसदहरूको टुंगो लगाएको छ।
आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम अनुमोदन गरेको हो। कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार चयन गरिएका सांसदहरूमा १५ जना महिला र ५ जना पुरुष छन्।
प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट कांग्रेसले २० सीट प्राप्त गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन मिलाउँदा अब कांग्रेसका कुल सांसद संख्या ६२ पुग्नेछ।
संवैधानिक व्यवस्थाअनुसार समानुपातिकतर्फ महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले कांग्रेसले १५ जना महिला उम्मेदवार चयन गरेको जनाएको छ।
समावेशीताको मापदण्डअनुसार आदिवासी जनजाति समूहबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट गरी ५ जनाको नाम समावेश गरिएको छ।
पार्टीले प्रस्तावित सूची निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ।
नेपाली कांग्रेस पार्टीको तर्फबाट २० जना समानुपातिक सांसद:
क. खसआर्य कोटाबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
ख. आदिवासी जनजाति कोटाबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे
ग. मधेशी कोटाबाट
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव
घ. दलित कोटाबाट
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली
ङ.थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार
च. मुस्लिम कोटाबाट
२०.शाहजान खातुन




