देश

बालेन प्रधानमन्त्री बन्ने बाटोमा, ‘ग्रेटर नेपाल’ र लिम्पियाधुरा विवाद समाधान गर्लान त ?

काठमाडौं । झापा–५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र ‘बालेन’ साह अब प्रधानमन्त्री बन्ने सम्भावनामा छन्। उनका पार्टीले ठूलो बहुमत हासिल गरेसँगै बालेन प्रधानमन्त्री बन्ने पक्का देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन र रास्वपा सभापति रवि लामिछानेलाई फोनमार्फत नयाँ सरकार गठनका लागि बधाई दिएका छन्। बालेनले पनि धन्यवाद व्यक्त गर्दै दुवै देशबीच सम्बन्ध सुदृढ बनाउन सहकार्यका लागि तयार रहेको बताएका छन्। तर, अब उनको व्यवहार र नीति वास्तविकतामा कस्तो हुन्छ भन्ने कुरा सबैको ध्यान केन्द्रित छ।

बालेन तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ नक्सा झुण्ड्याएका थिए, जसले भारतसँगको भू–सिमा विवादका विषयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चर्चा गराएको थियो। उनका समर्थकहरूले यसलाई देशप्रेमको संकेत ठाने, भने आलोचकहरूले ‘स्टण्टबाजी’ भएको टिप्पणी गरे।

उनले लिम्पियाधुरा, कालापानी, लिपुलेकको हकमा कसरी डिल गर्ने भन्ने विषय अहिले सबैको चासोमा छ। मेयर हुँदा सामाजिक सञ्जालमा पोस्ट मार्फत आफ्नो भूमिप्रतिको माया देखाउँदै आएका बालेन अब मुलुकको कार्यकारी प्रमुख बनेपछि संवेदनशील निर्णय गर्नुपर्ने चुनौती सामना गर्दैछन्।

विशेषज्ञहरूले प्रधानमन्त्री पद संवेदनशील र जिम्मेवारीपूर्ण भएकाले केवल सामाजिक सञ्जालमा जस्तो भाषण गर्ने शैली पर्याप्त नहुने, वास्तविक कार्यनीतिले मात्र देशको भू–सिमाको रक्षा र स्थायित्व सुनिश्चित गर्न सक्ने चेतावनी दिएका छन्। नयाँ सरकार गठनसँगै बालेनको भूमिप्रति नीति र व्यवहार घामजस्तै स्पष्ट हुने अपेक्षा गरिएको छ।

देशका लागि खतरा मानेर तीन वर्षअघि रोकिएको एसपीपी रास्वपाको सरकारले के गर्ला ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *