काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारतको नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन जाने भएका छन्। उनको सचिवालयका अनुसार समिट मार्च १२ देखि १४ सम्म भारत मण्डपम, नयाँदिल्लीमा आयोजना हुँदैछ। भट्टराई यस समिटमा ‘गेस्ट अफ अनर’ को रूपमा उपस्थित हुनेछन्।
आयोजकले विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूले सहभागी हुने जानकारी दिएका छन्। समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उपस्थित रहने कार्यक्रम छ।
यस समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने व्यवस्था रहेको छ। भट्टराईले मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ डिजिटल गभर्नेन्स एण्ड द युथ’ शीर्षकको सत्रमा बोल्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। पूर्वप्रधानमन्त्री भट्टराई मार्च १४ मा स्वदेश फर्किनेछन्।




