देश

अर्थमन्त्री खनालले बुझाए कूटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफ्नो नाममा जारी गरिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफूलाई प्रदान गरिएको राहदानी सम्बन्धित निकायमा बुझाइदिन अनुरोध गरेका हुन्।

खनालले आफ्नो नाममा रहेको डिए ०००२७१० नम्बरको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा फिर्ता पठाइदिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले जिम्मेवारीबाट अलग हुने क्रममा आफूले प्रयोगमा रहेको सरकारी सम्पत्ति सम्बन्धित निकायलाई बुझाएको उल्लेख गरेका छन्। खनालले सरकारी जिम्मेवारी सम्हाल्दा प्राप्त भएका सुविधा तथा सामग्री पदबाट बाहिरिएपछि फिर्ता गर्नु स्वाभाविक प्रक्रिया भएको पनि बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *