देश

इलाम–१ मा त्रिपक्षीय प्रतिस्पर्धा: कांग्रेसका निस्कल राईको जीत

काठमाडौं । इलाम–१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। कांग्रेस, श्रम संस्कृति पार्टी र नेकपा एमालेबीच भएको कडा प्रतिस्पर्धामा राईले अन्ततः अग्रता कायम गर्दै जीत हात पारेका हुन्। निर्वाचन परिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याउँदै दोस्रो स्थान हासिल गरे।

नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत पाए भने नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहे। यस क्षेत्रको परिणामले इलाम–१ मा प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *