देश

ओलीलाई वरिष्ठ अधिवक्ता दहालको सन्देश – ‘पार्टी सुधार्न ११ कदम चाल्नुस्’

काठमाडौं । वरिष्ठ अधिवक्ताले नेकपा एमालेका अध्यक्षलाई पार्टी सुधारका लागि ११ बुँदे सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले एमालेको अवस्था सुधार्न अझै सम्भावना रहेको उल्लेख गर्दै नेतृत्वले तत्काल आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन्। दहालले अहिले पार्टीबाट ठूलो स्तरमा नेता–कार्यकर्ता ननिस्किएको तर मतदाताको समर्थन भने केही हदसम्म घटेको संकेत गर्दै त्यसलाई सही निर्णय र नेतृत्व सुधारबाट पुनः फर्काउन सकिने बताएका छन्। ओली प्रधानमन्त्री रहँदा कानुनी सल्लाहकारका रूपमा काम गरेका दहालले नेतृत्वशैली परिवर्तन र संगठन सुदृढीकरणमा जोड दिएका छन्।

उनका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र रहेको गलत सल्लाह दिने समूहबाट सावधान रहनु आवश्यक छ। “आफू वरिपरि रहेका असहिष्णु र नकारात्मक व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाएर योग्य र स्पष्ट रूपमा सुझाव दिन सक्ने मानिसलाई अगाडि ल्याउनुपर्छ,” उनले बताएका छन्। दहालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउन विशेष महाधिवेशन बोलाउन सुझाव दिएका छन्। त्यसमार्फत काम नलाग्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू परिवर्तन गरी कार्यकर्ताको विश्वास जित्ने नेतृत्व चयन गर्नुपर्ने उनको धारणा छ।

त्यस्तै उनले पार्टी कार्यालयलाई कार्यकर्तामुखी बनाउने, अनावश्यक गालीगलौजको राजनीति रोक्ने, चाप्लुसी गर्ने समूहबाट टाढा रहने र जनताको आलोचनालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। दहालले नेतृत्व र कार्यकर्ताबीच समन्वय कमजोर भएको उल्लेख गर्दै खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने वातावरण बनाउनुपर्ने पनि बताएका छन्। उनको निष्कर्षमा एमाले अझै बलियो संगठन भएकाले सही निर्णय र नेतृत्व सुधारले पार्टी पुनः मजबुत बन्न सक्ने उल्लेख छ। उनले अध्यक्ष ओलीलाई अन्त्यमा स्पष्ट सन्देश दिँदै भनेका छन्— नेतृत्वले समयमै सुधार नगरे पार्टी झन् कमजोर बन्ने जोखिम रहेको छ।

१. तपाईंसँगै भएका मानिसहरूमध्ये तपाईंको धर्मपत्नी आदरणीय राधिका शाक्य बाहेक अरू कोही पनि तपाईंका शत् प्रतिशत आफ्ना मानिस होइनन्, छैनन् ।

२. तपाईं वरिपरिका विभिन्न पदका रहेका क्वाटर दर्जन दुष्टअसहिष्णु र मानवीय गुण अत्यन्त कम भएका व्यक्तिहरूलाई आफ्नो नाकको झिंगा धपाउन तरवार दिएर राख्नुभएको छती दुष्टआत्माहरूलाई तत्काल बर्खास्त गर्नुहोस् ।

३. तत्काल पार्टीको विशेष महाधिवेशन डाक्नुहोस्आधा काम नलाग्ने केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य फेर्नुहोस् । आफ्ना पिठिउँ हैनतपाईंसँग आँखा जुधाएर कुरा गर्न सक्ने योग्य ब्यक्तिहरू पदपूर्ति गर्नूहोस् । तलका कमिटीहरू पनि त्यसैगरी पुनर्गठन गर्नुहोस् ।

४. केन्द्र र देशभरको पार्टी कार्यालय कार्यकर्ताको बनाउनुहोस्हाकिमगिरी देखाउनेलाई नेता नबनाउनुहोस् ।

५. कसैलाई गाली नगर्नुहोस् र रुखो गालीकर्तालाई पार्टी जिम्मेवारीबाट हटाउनुहोस् ।

६. रातको २–३ बजेसम्म धेरैजसो चाप्लुसी गर्न आउनेहरूलाई नभेट्नुहोस् ।

७. विभिन्न भुगोल, सञ्चार क्षेत्र, कानुन क्षेत्र लगायतमात्यो क्षेत्रका पार्टी सदस्यहरूले मुखै हेर्न मन नपराउने मानिसहरूलाई जिम्मा दिनुभएको छ । तत्काल फेर्नुहोस् ।

८. पार्टी सदस्यहरू एकातिरनेतृत्व अर्कोतिर छतालमेल छैननेतृत्व हाकिमी भएकोले कार्यकर्ताबाटै विस्थापित छ । पार्टी विधान बमोजिम कथित माथिबाट इम्पोज नगरी स्वतन्त्र निर्वाचनबाट नेतृत्व चयन गर्ने सुनिश्चितता गर्नुहोस् ।

९. एसियामै व्यवस्थित पार्टी जहाँको त्यहीँ छमाथि लेखिएको कारणहरूले गर्दा अहिले पार्टीका एजेन्टहरूले पनि भोट फेरे जस्तो छ ।

१०. पार्टीमा फाइदाका लागि लागेका झोलेहरूले जनतालाई भोट नदिएकोमा सार्वजनिक रूपमा गाली गर्न थालिसकेजनता जनार्दन हुनयो रोक्नुहोस् ।

१०. तपाईंको नाम जपेर खुसी पारेर खाई-लाई गरिरहेकाहरूलाई मेरो सुझाव पटक्कै मन पर्दैनमलाई थाहा छ । तिनीहरूले तपाईंलाई भड्खालोमा हाल्दैछन् ।

११. अन्त्यमा भन्छु– प्रिय युवा जोश भएका आदरणीय अध्यक्ष ज्यू, कि सच्चिनुस्, कि योभन्दा अझ बढी सक्किनुस्पार्टीलाई पनि सक्काउनुस् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *