देश

१५० क्षेत्रको नतिजा सार्वजनिक: रास्वपा ११६ सिटमा विजयी

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५० क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ भने बाँकी १५ क्षेत्रमा मतगणना जारी रहेको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक्लैले ११६ स्थानमा जित हासिल गरेको छ। मतगणना जारी रहेका १५ मध्ये १० क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा छन्। प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फ पनि रास्वपाको प्रभाव देखिएको छ।

देशका परम्परागत ठूला दलहरू भने यस निर्वाचनमा निकै पछाडि परेका छन्। नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १७ स्थानमा मात्रै जित हात पारेको छ।त्यसैगरी नेकपा (एमाले)ले ७ स्थानमा मात्र विजय हासिल गरेको छ भने थप तीन क्षेत्रमा अग्रता कायम गरेको छ।

चौथो शक्तिका रूपमा देखिएको नेपाली कम्युनिष्ट पार्टीले ६ स्थानमा जित हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता लिइरहेको छ। यस निर्वाचनमा श्रम संस्कृति पार्टीले दुई स्थानमा जित दर्ता गराएको छ भने एक क्षेत्रमा अग्रता कायम गरेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा विजय हासिल गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विजेता (११७)

1. बालेन्द्र शाह (बालेन) — झापा–५
2. इन्दिरा राना मगर — झापा–२
3. सोविता गौतम — चितवन–३
4. डा. लेखजंग थापा — रूपन्देही–३
5. हरि ढकाल — चितवन–१
6. सुलभ खरेल — रूपन्देही–२
7. रुबिना आचार्य — मोरङ–६
8. सुनिल लम्साल — रूपन्देही–१
9. रवि लामिछाने — चितवन–२
10. बदन कुमार भण्डारी — काभ्रेपलाञ्चोक–२
11. राजन गौतम — नवलपुर–१
12. ठाकुर सिंह थारु — बर्दिया–१
13. राजकिशोर महतो — धनुषा–४
14. अशोक कुमार चौधरी — सुनसरी–३
15. नरेन्द्र साह कलवार — सर्लाही–३
16. निशा डाँगी — झापा–१
17. विक्रम खनाल — नवलपरासी–१
18. कमल सुबेदी — दाङ–३
19. नितिमा भण्डारी (कार्की) — सर्लाही–१
20. नरेन्द्र कुमार गुप्ता — नवलपरासी–२
21. मनिष झा — धनुषा–३
22. शम्भु प्रसाद ढकाल — झापा–४
23. विपिन कुमार आचार्य — दाङ–२
24. तोसीमा कार्की — ललितपुर–३
25. देवराज पाठक — दाङ–१
26. रबिन महतो — सर्लाही–२
27. राजीव खत्री — भक्तपुर–२
28. राम विनोद यादव — धनुषा–२
29. मनिष खनाल — नवलपुर–२
30. बब्लु गुप्ता — सिराहा–१
31. रहबर अन्सारी — बारा–४
32. कृष्ण कुमार कार्की — मोरङ–२
33. सन्तोष राजवंशी — मोरङ–४
34. अरबिन्द साह — बारा–३
35. गणेश धिमाल — बारा–१
36. खडक राज पौडेल — कास्की–१
37. शिव शंकर यादव — सिराहा–२
38. जगदिश खरेल — ललितपुर–२
39. आसिका तामाङ — धादिङ–१
40. तौफिक अहमद खान — रूपन्देही–५
41. प्रकाश पाठक — झापा–३
42. पुष्पा कुमारी चौधरी — सप्तरी–१
43. स्वर्णिम वाग्ले — तनहुँ–१
44. बिना गुरुङ — कास्की–३
45. प्रदिप विष्ट — काठमाडौं–१०
46. गणेश कार्की — मोरङ–३
47. गणेश पौडेल — रौतहट–४
48. सिताराम साह — सप्तरी–४
49. तपेश्वर यादव — सिराहा–४
50. प्रकाश गौतम — मकवानपुर–१
51. अमरेश कुमार सिंह — सर्लाही–४
52. चन्दन कुमार सिंह — बारा–२
53. डोल प्रसाद अर्याल — काठमाडौं–९
54. हरी प्रसाद भुसाल — अर्घाखाँची–१
55. प्रमोद कुमार महतो — महोत्तरी–१
56. सुनिल के.सी. — काठमाडौं–२
57. मोहनलाल आचार्य — कपिलवस्तु–१
58. दिपक राज बोहरा — कञ्चनपुर–२
59. धर्मराज के.सी. — लमजुङ–१
60. रुकेश रन्जित — भक्तपुर–१
61. अमर कान्त चौधरी — सप्तरी–३
62. सुरेश कुमार चौधरी — बाँके–१
63. दिपक कुमार साह — महोत्तरी–२
64. श्रीराम न्यौपाने — तनहुँ–२
65. उज्ज्वल कुमार झा — महोत्तरी–३
66. जगदीश खरेल — दोलखा–१
67. शम्भु कुमार यादव — सिराहा–३
68. अच्युतम लामिछाने — नुवाकोट–२
69. आनन्द बहादुर चन्द — कैलाली–५
70. उत्तम प्रसाद पौडेल — कास्की–२
71. रमेश कुमार सापकोटा — सुर्खेत–२
72. सुशील कुमार कानु — पर्सा–२
73. सस्मित पोखरेल — काठमाडौं–५
74. पारश मणि गेलाल — उदयपुर–१
75. आशा झा — मोरङ–५
76. प्रशान्त उप्रेती — मकवानपुर–२
77. रामाकान्त प्रसाद चौरसिया — पर्सा–३
78. सागर ढकाल — गुल्मी–१
79. मधु कुमार चौलागाई — काभ्रेपलाञ्चोक–१
80. खगेन्द्र सुनार — बाँके–३
81. पुकार बम — काठमाडौं–४
82. धनन्जय रेग्मी — स्याङ्जा–१
83. राजेश कुमार चौधरी — रौतहट–१
84. खेमराज कोइराला — कैलाली–४
85. रामजी यादव — सप्तरी–२
86. कन्हैया बनिया — रूपन्देही–४
87. टेकबहादुर शाक्य — पर्सा–४
88. गणेश पराजुली — काठमाडौं–७
89. शिशिर खनाल — काठमाडौं–६
90. विक्रम थापा — कपिलवस्तु–२
91. सुशान्त वैदिक — प्यूठान–१
92. यज्ञमणि न्यौपाने — मोरङ–१
93. रविन्द्र पटेल — रौतहट–३
94. बुद्धि प्रसाद पन्त — पर्सा–१
95. ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३
96. माधव बहादुर थापा — पाल्पा–२
97. सागर भुसाल — पर्वत–१
98. वोध नारायण श्रेष्ठ — धादिङ–२
99. झविलाल डुम्रे — स्याङ्जा–२
100. विराज भक्त श्रेष्ठ — काठमाडौं–८
101. भरत प्रसाद पराजुली — सिन्धुपाल्चोक–१
102. जनक सिंह धामी — कञ्चनपुर–१
103. बुद्ध रत्न महर्जन — ललितपुर–१
104. हरि मोहन भण्डारी — बैतडी–१
105. सुशील खड्का — बाग्लुङ–१
106. जगत प्रसाद जोशी — कैलाली–३
107. तारा प्रसाद जोशी — डडेलधुरा–१
108. केपी खनाल — कैलाली–२
109. राजु नाथ पाण्डे — काठमाडौं–३
110. आशिष गजुरेल — सिन्धुली–२
111. कोमल ज्ञवाली — कैलाली–१
112. गोविन्द पन्थी — गुल्मी–२
113. धनेन्द्र कार्की — सिन्धुली–१
114. रञ्जु न्यौपाने — काठमाडौं–१
115. सूर्य बहादुर तामाङ — उदयपुर–२
116. विश्वराज पोखरेल — ओखलढुंगा–१
117. सोम शर्मा — बाग्लुङ–२

यी हुन् नेपाली कांग्रेसले जितेका १७ क्षेत्र 
१. मो. फिरदोश आलम – रौतहट-२ (२९,५२८ मत)
२. विष्णु बहादुर खड्का – सुर्खेत-१ (२६,८९७ मत)
३. अभिषेक प्रताप शाह – कपिलवस्तु-३ (२३,५३५ मत)
४. खडक बहादुर बुढा – जाजरकोट-१ (२०,१४२ मत)
५. सन्दीप राना – पाल्पा-१ (१८,३३६ मत)
६. नरेन्द्र कुमार केरुङ – पाँचथर-१ (१७,२३३ मत)
७. जनक राज गिरी – बाजुरा-१ (१७,१७३ मत)
८. भरत बहादुर खड्का – डोटी-१ (१४,८९७ मत)
९. प्रकाश सिंह कार्की – सोलुखुम्बु-१ (१३,१६६ मत)
१०. बासना थापा – दैलेख-१ (१२,३७२ मत)
११. सन्तोष सुब्बा – तेह्रथुम-१ (११,५६१ मत)
१२. भरत कुमार स्वार – अछाम-१ (१०,७५९ मत)
१३. मोहन आचार्य – रसुवा-१ (१०,६५६ मत)
१४. जय पती रोकाया – हुम्ला-१ (८,७९७ मत)
१५. खड्ग शाही – मुगु-१ (७,९१४ मत)
१६. योगेश गौचन थकाली – मुस्ताङ-१ (३,३०७ मत)
१७. टेक बहादुर गुरुङ – मनाङ-१ (२,४१५ मत)

नेकपा (एमाले) का विजेता (७)

1. मोहम्मद इश्तियाक राई — बाँके–२ (२४,६२८ मत)
2. सुहाङ नेम्बाङ — इलाम–२ (२२,४२६ मत)
3. गणेश सिंह ठगुन्ना — दार्चुला–१ (१८,८९१ मत)
4. ऐन बहादुर महर — बझाङ–१ (१८,५४३ मत)
5. राजेन्द्र कुमार राई — धनकुटा–१ (१८,१३२ मत)
6. क्षितिज थेबे — ताप्लेजुङ–१ (१३,९६२ मत)
7. लक्ष्मी प्रसाद पोखरेल —दैलेख – २

नेपाली कम्युनिष्ट पार्टी का विजेता (६)

1. वर्षमान पुन — रोल्पा–१ (२७,४६० मत)
2. रमेश कुमार मल्ल — सल्यान–१ (२३,१८९ मत)
3. गोपाल शर्मा — रुकुम पश्चिम–१ (२१,६०९ मत)
4. महेन्द्र बहादुर शाही — कालिकोट–१ (११,७३४ मत)
5. पुष्प कमल दाहाल ‘प्रचण्ड’ — रुकुम पूर्व–१ (१०,२४० मत)
6. धन बहादुर बुढा — डोल्पा–१ (६,८०२ मत)

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ३८,२१,७७५ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १८,९७,०२१ नेपाली कांग्रेसले ६,४५,९५५ नेकपा (एमाले) ५,४३,१५७ र नेपाली कम्युनिष्ट पार्टीले २,५८,४०१
मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *