देश

सुदूरपश्चिममा रास्वपाको लहर, केही क्षेत्रमा एमाले र कांग्रेस अगाडि

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका विभिन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता बनाएको छ।कैलाली–३ मा रास्वपाका जगतप्रसाद जोशी ११ हजार ५५७ मतसहित अग्रस्थानमा छन्। नेकपाका बिरमान चौधरी ७ हजार ५४५ मतसहित दोस्रो स्थानमा छन्।
कैलाली–४ मा रास्वपाका खेम कोइराला ले ९ हजार ६४ मतसहित फराकिलो अग्रता बनाएका छन्। नेपाली कांग्रेसका गोरखबहादुर विष्ट ले ३ हजार ४०१ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट ले २ हजार ७८८ मत पाएका छन्।

कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाको अग्रता रहेको छ।कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी १३ हजार ५९३ मतसहित अग्रस्थानमा छन्। नेकपाकी बिना मगर ले ४ हजार ९२१ मत पाएकी छन् भने एमालेका तारा लामा तामाङ ले ४ हजार ७०९ मत प्राप्त गरेका छन्।

कञ्चनपुर–२ मा रास्वपाका दिपक बोहरा फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्। बोहराले २२ हजार ६२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका एनपी साउद ले ७ हजार ४०१ मत पाएका छन्।
कञ्चनपुर–३ मा पनि रास्वपाकै ज्ञानेन्द्र सिंह महता १० हजार १८९ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका हरि बोहरा र एमालेका डा. दिपकप्रकाश भट्ट भने पछाडि छन्।

डडेल्धुरा मा रास्वपाका डा. ताराप्रसाद जोशी ले ८ हजार ९०९ मतसहित अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका नैनसिंह महर ५ हजार ५६६ मतसहित दोस्रो स्थानमा छन्।बैतडी मा रास्वपाका हरिमोहन भण्डारी ५ हजार ४०१ मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका दामोदर भण्डारी ले ४ हजार ७०२ मतसहित पछ्याइरहेका छन्।

यता बझाङ मा भने नेकपा (एमाले) का ऐन महर १५ हजार ९६२ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेही १४ हजार १२५ मतसहित पछ्याइरहेका छन्।

अछामका दुवै निर्वाचन क्षेत्रमा पनि एमालेको अग्रता छ।अछाम–१ मा एमालेका दिपक साउद ६ हजार ३२१ मतसहित अग्रस्थानमा छन्। नेकपा (एकीकृत समाजवादी) का भीमबहादुर रावल ६ हजार ८५ मतसहित पछ्याइरहेका छन्।अछाम–२ मा एमालेका यज्ञ बोगटी ले सुरुदेखि अग्रता कायम राखेका छन्। उनले ३ हजार ५४ मत पाउँदा नेपाली कांग्रेसका पुष्पबहादुर शाह ले १ हजार ९१३ मत प्राप्त गरेका छन्।

डोटी मा नेपाली कांग्रेसले अग्रता बनाएको छ। कांग्रेसका भरत खड्का १२ हजार ८९६ मतसहित अग्रस्थानमा छन् भने एमालेका दिपक धामी ११ हजार ८७६ मतसहित पछ्याइरहेका छन्।दार्चुला मा पनि कांग्रेसकै अग्रता छ। कांग्रेसका धर्मानन्द जोशी ६ हजार ३६३ मतसहित अगाडि छन् भने एमालेका गणेश ठगुन्ना ६ हजार १३९ मतसहित नजिकैबाट पछ्याइरहेका छन्।

त्यसैगरी बाजुरा मा नेपाली कांग्रेसका जनकराज गिरी ४ हजार ५७४ मतसहित अग्रस्थानमा छन्। उनलाई एमालेका लालबहादुर थापा ले ३ हजार २४५ मतसहित पछ्याइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *