देश

शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सफल प्रधानमन्त्री सुशिला कार्की र राष्ट्रपति पौडेलप्रति सम्पूर्ण नेपालीहरुको आभार

काठमाडौं । देशभर भएको प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको घटनाले आज नेपालका नागरिकमा गर्व र सन्तोषको भावना जगाएको छ। यस सफल निर्वाचनमा अन्तरिम सरकार प्रमुख सुशिला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको देखिन्छ।

जेनजी अन्दोलनपछि नेपालमा शान्तिपूर्ण निर्वाचन गराउन निकै चुनौती थियो । निर्वाचन हुने वा नहुने अन्योलमैँ थिए सम्पूर्ण नेपाली नागरिकहरु । तर आज उनीहरुले महत्वपूर्ण भूमिक निर्वाह गरी निर्वाचन सफल बनाएपछि उनीहरुलाई सम्पूर्ण देशदेखि विदेशसम्मका नेपाली नागरिकहरुले सामाजिक संजालमार्फत आभार व्यक्त गरेका छन् । निर्वाचन सम्पन्न गराउने क्रममा उनीहरूको सुदृढ नेतृत्व, राजनीतिक समझदारी र समन्वय क्षमताले मतदाता तथा राजनीतिक दलहरूको विश्वास जितेको छ। अन्तरिम सरकारले मतदान केन्द्रहरूको सुरक्षा, मतपेटिका संकलन र मतगणना प्रक्रियालाई प्रभावकारी बनाउनेमा अहोरात्र प्रयास गरेको थियो। यसले मतदाता तथा नागरिकमा लोकतन्त्रप्रतिको भरोसा अझ प्रगाढ बनाएको छ।

राष्ट्रपति पौडेलले राजनीतिक दलहरूबीच सहमति र समन्वय कायम गराउने, निर्वाचनको शान्ति र पारदर्शिता सुनिश्चित गर्ने भूमिका निर्वाह गर्नु भएको थियो। उनका संयमित कदम र स्पष्ट निर्देशनहरूले आजको निर्वाचन सफल र विवादरहित बन्न ठूलो योगदान दिएको विश्लेषकहरूले टिप्पणी गरेका छन्।

मतदान सम्पन्न भएपछि जनता र राजनीतिक विश्लेषकहरूद्वारा प्रशंसा गर्दै भनिएको छ कि, “यो शान्तिपूर्ण निर्वाचनको सफलता सुशिला कार्की र राष्ट्रपति पौडेलको नेतृत्वको प्रत्यक्ष नतिजा हो। उनीहरूले लोकतान्त्रिक प्रक्रियामा विश्वास र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन्।” आजको निर्वाचनले नेपालमा राजनीतिक स्थिरता र लोकतान्त्रिक परिपक्वता तर्फको पहिलो महत्वपूर्ण कदम उठाएको छ। सुशिला कार्की र राष्ट्रपति पौडेलप्रतिको नेपाली जनताको भरोसा र सम्मान यस विषयले अझ बलियो बनाएको छ।

– गत भदौ २३–२४ मा जेनजी युवाहरूले गरेको आन्दोलनले तत्कालीन राजनीतिक संरचना ढाल्दा मुलुक अस्थायी शासकीय शून्यतामा पुगेको थियो। त्यसै अवस्थाबाट देशलाई संवैधानिक ट्र्याकमा फर्काउने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलको काँधमा आयो।

राष्ट्रपति पौडेलले अन्तरिम सरकार गठनका लागि कानुनी परामर्शसहित पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकार प्रमुख नियुक्त गरी प्रक्रिया अघि बढाए। कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन र आगामी फागुन २१ मा चुनाव सम्पन्न गर्ने सिफारिस राष्ट्रपतिले सदर गरे। संघीय कानुनविद्हरूका अनुसार राष्ट्रपति पौडेलले संकट व्यवस्थापन र लोकतान्त्रिक प्रक्रियालाई समानान्तर ध्यानमा राख्दै ‘बडो जुक्ति’को माध्यमबाट संवैधानिक ढाँचा कायम राखे। यसले मुलुकलाई शासकीय शून्यताको अवस्थामा जानबाट रोकेको र चुनावसम्मको मार्गचित्र सुनिश्चित गरेको विश्लेषकहरूले बताएका छन्।

नेपाल शान्ति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री विद्याधर मल्लिकका अनुसार, “राष्ट्रपति पौडेलले चुनावसम्म मुलुकलाई ट्र्याकमा ल्याउन मध्यस्थ र सहजीकरण भूमिका खेले। आजको चुनावले त्यसको सफलता प्रमाणित गरेको छ। यसरी राष्ट्रपति पौडेल र अन्तरिम सरकार प्रमुख सुशिला कार्कीको सक्रिय नेतृत्वमा आजको शान्तिपूर्ण निर्वाचन सम्पन्न भई संविधानवाद र लोकतान्त्रिक प्रक्रिया सुनिश्चित भएको छ।

भदौको विध्वंशपछि पहिलो आमनिर्वाचनः लोकतन्त्रको पुनः परीक्षण, अब कहिल्यै त्यस्तो नहोस्,

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *