काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंमा आफ्नो मतदान पूरा गरेपछि उम्मेदवार रहेका सर्लाही–४ निर्वाचन क्षेत्रमा पुगेका छन्।
थापा हेलिकोप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका थिए। उनी आइपुगेपछि विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै मतदातासँग भेटघाट गरिरहेका छन्।
सर्लाहीको बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिर लगायतका मतदानस्थलमा पुगेर उनले मतदाता र स्थानीयसँग संवाद गर्दै आफ्नो उम्मेदवारीका पक्षमा मत मागेका छन्।




