काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले एमालेभन्दा बढी सिट जित्ने दाबी गरेका छन्।
पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यसपटक एक्लै निर्वाचनमा होमिएर पहिलो दल बन्ने सम्भावना उच्च रहेको बताए।
उनले एमालेसँग कतिपय क्षेत्रमा तालमेल हुनसक्ने भन्ने हल्ला निराधार भएको स्पष्ट पार्दै जनताबाट तिरस्कृत तथा अस्वीकृत शक्तिसँग कुनै पनि अवस्थामा गठबन्धन वा तालमेल नहुने बताए। बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले यस विषयमा स्पष्ट र कडा धारणा राखेका थिए।




