राजनीति

रास्वपाको धोकापछि ‘उज्यालो नेपाल’पार्टी एकल चुनावी मैदानमा , अध्यक्ष घिसिङसहित १२० क्षेत्रमा उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रयास असफल भएपछि ‘उज्यालो नेपाल पार्टी’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। पार्टीले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा देशभर १२० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदै आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास थालेको छ।

अध्यक्ष घिसिङ स्वयं काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। पार्टीले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रसहित प्रमुख शहरी केन्द्रहरूमा व्यापक उम्मेदवारी दिएको छ। यस कदमलाई उज्यालो नेपालले ‘संगठित राष्ट्रिय हस्तक्षेप’ को सुरुआतका रूपमा चित्रण गरेको छ।

सुरुमा सामाजिक अभियानका रूपमा संगठित समर्थक सञ्जाल नै पछि राजनीतिक दलका रूपमा रुपान्तरण भएको हो। निर्वाचन आयोगमा दर्ता भइसकेको यो दलले चुनाव चिन्हका रूपमा ‘बिजुलीको चिम’ प्रयोग गर्दैछ।

रवि लामिछाने नेतृत्वको रास्वपासँग एकता वा कार्यगत सहकार्यका लागि पटक–पटक छलफल भए पनि एकता १२ दिनमै भाँडिएको थियो। सहकार्य सम्भव नभएपछि उज्यालो नेपाल पार्टीले आफ्नै शक्ति परीक्षण गर्ने रणनीति लिएको देखिन्छ। पार्टीले विकास, सुशासन र दक्ष व्यवस्थापनलाई मुख्य चुनावी एजेन्डा बनाएको छ।

उज्यालो नेपाल पार्टीका उम्मेदवारहरूको सूची

काठमाडौं उपत्यका

काठमाडौं १ ः मंग लाल श्रेष्ठ

काठमाडौं २ ः पवन पोखरेल

काठमाडौं ३ः कुलमान घिसिङ

काठमाडौं ४ः झनकबहादुर अधिकारी

काठमाडौं ५ः श्रीराम गुरुङ

काठमाडौं ६ः वारिस धरेल

काठमाडौं ७ः बिमला लामा

काठमाडौं ८ः राजन खड्गी

काठमाडौं ९ःरामेश्वर श्रेष्ठ

काठमाडौं १०ः डा. राकेश न्यौपाने

भक्तपुर १ः रमेश बल्ल

भक्तपुर २ः जितराम लामा

ललितपुर १ःपासाङ तामाङ

ललितपुर २ः राजाराम तण्डुकार

ललितपुर ३ः डा. आशुतोष विजय पन्त

कोशी प्रदेश
ताप्लेजुङःकृतिमान मादेन
पाँचथर ःटेकबहादुर सुब्बा
इलाम १ः हरिबहादुर गुरुङ
इलाम २ः दिवश राई
झापा १ः नरेश लावती
झापा २ः चुडा कर्ण बेघा लिम्बु
झापा ३ः श्यामकृष्ण पाठक
झापा ४ः सन्तोष तामाङ
झापा ५ः सबिन राई

संखुवासभाः घनश्याम राई
तेह्रथुमः उषा तुम्बाहाम्फे
धनकुटाः शालिकराम राई
भोजपुरः जितन राई
सोलुखुम्बुः पेम्बा छिरि शेर्पा
ओखलढुंगाः किशोरी कार्की
खोटाङः मिरेश राई
उदयपुर १ः अर्जुन तामाङ
उदयपुर २ः अरुण राई
सुनसरी १ः डम्बर लावती
सुनसरी २ः गोपाल तामाङ
सुनसरी ३ः जागेश्वर यादव
सुनसरी ४ः बच्चालाल यादव
मोरङ १ःदुर्गामाया तामाङ
मोरङ २ः धनबहादुर सुनुवार
मोरङ ३ः मित्रसेन योञ्जन
मोरङ ४ः बिनोद परियार
मोरङ ६ःबसन्त बुढाथोकी

बागमती प्रदेश (उपत्यका बाहिर)

काभ्रे १ः योगेन्द्र लामा
काभ्रे २ः ज्योत्सना सैंजु
रसुवाः मानबहादुर तामाङ
नुवाकोट १ः अमित तामाङ
नुवाकोट २ः ज्ञानेन्द्रप्रकाश घले
धादिङ १ः श्यामराजा पाण्डे
धादिङ २ः अमिर तामाङ
रामेछापः दीपबहादुर योञ्जन
सिन्धुली १ःमोतीलाल तामाङ
मकवानपुर १ःसुरेन्द्र लामा
मकवानपुर २ः डा. प्रविनकुमार स्याङतान
चितवन १ : धनबहादुर गुरुङ
चितवन २ःनि।कुमार पाख्रिन
चितवन ३ः डम्बरबहादुर तामाङ

गण्डकी प्रदेश
गोरखा १ः रामकाजी राना
गोरखा २ः बलराम तामाङ
तनहुँ १ः मन्जिल राना
तनहुँ २ःमनराज गुरुङ
कास्की १ः मनिषा द्वा
कास्की २ः कुशल गुरुङ
कास्की ३ःतर्कबहादुर गुरुङ
स्याङ्जा १ः रबिन्द्र मल्ल
मुस्ताङः डा. सुरेन्द्र शेरचन
पर्वतः नविन पुन
नवलपुर १ःपार्वती गुरुङ

लुम्बिनी प्रदेश
नवलपरासी १ः विजय कँडेल
रुपन्देही १ःअशोककुमार चौधरी
रुपन्देही ३ः डा.सरोजसिं थारु
रुपन्देही ५ः केशव भट्टराई
गुल्मी २ः कर्णबहादुर थापा
दाङ १ः रञ्जित चौधरी
बाँके १ः धनबहादुर खड्का
बाँके २ः शैलेश कर्ण
बर्दिया १ः श्यामप्रसाद चौधरी
बर्दिया २ः धर्म चौधरी

कर्णाली प्रदेश
डोल्पा : दिलबहादुर बिष्ट
जाजरकोटःकर्ण नेपाली
दैलेख २ःलोकेन्द्र अधिकारी
रुकुम (पश्चिम)नरेन्द्र केसी
सुर्खेत १ः ठम्मरबहादुर बिष्ट
सुर्खेत २ः गम्भीरसिं भुल

सुदूरपश्चिम प्रदेश
अछाम १ः जित निसानी
अछाम २ः राजेश रावल
डोटीःकाशी बोहरा
कैलाली १ः प्रदीप चौधरी
कैलाली ४ः सुवास कुँवर
कैलाली ५ः चन्द्र साउद
कञ्चनपुर १ःमाइकल तामाङ
कञ्चनपुर २ःयोगेन्द्रबहादुर साउद
कञ्चनपुर ३ः भिम कुमाल

एकता असफल भए पनि उज्यालो नेपाल पार्टीले ठूलो संख्यामा उम्मेदवारी दिएर राष्ट्रिय राजनीतिमा आफ्नो हैसियत परीक्षण गर्ने स्पष्ट संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *