देश

राजीनामापछि शिक्षा, सञ्चार र खेलकुद मन्त्रालय प्रधानमन्त्री मातहत

काठमाडौँ । मौजुदा मन्त्रिपरिषद्का तीन मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संविधान बमोजिम गरिएको उक्त निर्णय मंगलबारदेखि लागू भएको राष्ट्रपति कार्यालयले जनाएको छ।प्रधानमन्त्रीको सिफारिसमा गरिएको निर्णयसँगै हाल शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *