देश

रास्वपामा उम्मेदवार छनोट विवाद, जान्नेलाई छान्नेहरुबीच लफडा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६५ निर्वाचन क्षेत्रमध्ये ५० क्षेत्रमा मात्रै उम्मेदवार टुंग्याउन सकेको छ। उम्मेदवारी दर्ता हुन अझ २४ घण्टा बाँकी रहेको बेला बाँकी एक तिहाइ क्षेत्रको नाम तय हुन नसकेपछि पार्टीभित्र जान्नेलाई छान्ने टोलीबीच विवाद सुरु भएको छ।

सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापति डीपी अर्याल लगायतका केन्द्रीय नेताहरू आज जनकपुरमा हुन लागेको आमसभामा उपस्थित थिए। त्यहाँबाट केही नेताहरू आफ्ना निर्वाचन क्षेत्रमा फर्किसकेका छन्।

स्रोतका अनुसार, समानुपातिक सूचीका लागि पहिले प्राइमरी इलेक्शन गराइएको भए पनि प्रत्यक्षतर्फ उम्मेदवार चयन समय अभाव र पार्टी एकताको कारण पूरा गर्न नसकिएको हो। रास्वपा भन्छ, “रवि, बालेन, डीपी र स्वर्णिम बसेर अधिकांश उम्मेदवारको नाम फाइनल गरेका छन् र त्यसबारे जानकारी पनि दिइसकिएको छ। तर अहिलेलाई गोपनीयताको कारण नाम सार्वजनिक गरिएको छैन।”

विश्लेषकहरूले पार्टीभित्रको यो आन्तरिक विवादले बाँकी उम्मेदवारको टुंगो ढिलाइ गर्न सक्ने र निर्वाचन तयारीमा असर पार्न सक्ने चेतावनी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *