काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित बहुमत केन्द्रीय सदस्यहरू निर्वाचन आयोग पुगेका छन्।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्य समिति गठन भएपछि सभापति देउवा पक्षका नेताहरू देउवा नेतृत्वको कार्य समिति नै आधिकारिक भएको दाबी गर्दै भौतिक रूपमै आयोगमा उपस्थित भएका हुन्।
कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू तथा नेता शेखर कोइरालालगायतका नेता–कार्यकर्ताहरूअहिले आयोगमा छन्।




