काठमाडौँ। नेपाली काँग्रेसका नेता गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन्।
विशेष महाधिवेशनको स्वागत मन्तव्य दिंदै घिमिरेले यस महाधिवेशनलाई शतप्रतिशत सफल बनाउन आग्रह गर्दै विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा अघि बढ्न सभापति देउवा र खड्कालाई आमन्त्रण गरेका हुन्।




