काठमाडौं । वर्तमान परिवेशमा अहिले देशको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महामधिवशेन निर्वाचन अघि र निर्वाचन पछि गर्ने भन्ने विषयमा दुई थरीका धारणा सार्वजनिक र बहस जारी रहेका बेला गत भदौ २३ र २४ गते देशको सिंहदरबार,संसद भवन, सर्वोच्च अदालत जलाउन उक्साउने समुह नेपाली कांग्रेस संस्थापन पक्षमाथि दबाब दिन लागि परेका छन् । कांग्रेस संस्थापन पक्षले निर्वाचन नजिक आइसकेकाले अहिले महामधिवेशन गर्ने उचित समय नभएको भन्दै आगामी वैशाखमा गर्ने प्रस्ताव केन्द्रिय कार्यसमितिबाट बहुमतले पारीत भइसकेको छ भने संस्थापन इतर समुह विशेष महाधिवेशन पक्षधरहरु महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन यहि पौष अन्तिम सातालाई बोलाइको छ । सो विषयमा कांग्रेसभित्र महाधिवेशनको विषयमा बहस चलिरहेको बेला महामन्त्री थापा र शर्माको पक्ष लिर्दै जेनजी अगुनवाहरुले संस्थापन पक्षमाथि दबाब र हस्तक्षप गर्न थालेका छन् । उनीहरुले विभिन्न सामाजिक संजालदेखि पत्रकार सम्मेलनमा नै उपस्थित हुँदै कांग्रेसले विषय महाधिवेशन गर्नुपर्ने भन्दै कांग्रेस संस्थापनमाथि नै दबाब दिन थालेको प्रष्टै देखिएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनबाट उदाएका तथाकथित ‘जेन–जी’ अगुवाहरू कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्रिय देखिए देखिनुले नेपाली कांग्रेसलाई चिरा पार्ने रणनीति पर्दापाडीबाट समेत हुन थालेको प्रष्टै देखिएको छ । औपचारिक रूपमा कांग्रेसका नेता–कार्यकर्ता नभए पनि उनीहरूले पार्टी नेतृत्वमाथि कठोर प्रश्न उठाउँदै विशेष महाधिवेशनको मागलाई सार्वजनिक एजेन्डा बनाएका छन्। जेन–जी आन्दोलनका चर्चित अनुहारहरू सुदन गुरुङ रक्षा बम, तनुजा पाण्डे, भावना राउतलगायतले कांग्रेस नेतृत्वको कार्यशैलीलाई ‘पुरानो, थकित र परिवर्तनविरोधी’ भन्दै आलोचना गर्दै आएका छन्। देश असाधारण संकटमा रहेको बेला कांग्रेसले नियमित महाधिवेशनलाई पछि धकेलेर विशेष महाधिवशेनलाई केन्द्रमा राख्नु भन्दै कांग्रेसमाथि प्रहार गर्न थालेपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टी फुटाउने अभियानमा सक्रिय भएको भन्दै उनीहरुको चर्को आलोचना गर्न थालेका छन् ।
जेन–जी अगुवा रक्षा बमका अनुसार भदौ २३ को घटनाले नेपाली राजनीतिमा ‘नियमितता’ नामको भ्रम तोडिसकेको छ। विद्यार्थीमाथि गोली चलेको दिनदेखि नै राज्य र त्यसका राजनीतिक संरचनाहरू नैतिक रूपमा असफल भएको उनको ठहर छ। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “नियमित महाधिवेशनको नाममा यथास्थिति जोगाइरहनु भनेको हाम्रो आन्दोलन र बलिदानलाई अस्वीकार गर्नु हो।” उनले एमालेको नेतृत्व चयन प्रक्रियालाई उदाहरण दिँदै त्यही मोडेल कांग्रेसले पछ्याए देश ‘मास डिप्रेसन’तर्फ धकेलिने चेतावनीसमेत दिएकी छन्। उनका अनुसार आजको संकटमा विशेष महाधिवेशन कुनै विलासिता होइन, बाध्यता हो।
अर्की जेन–जी अगुवा तनुजा पाण्डेले पार्टी विधान र वैधानिकताको प्रश्नलाई केन्द्रीय विषय बनाएकी छन्। ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसक्दा पनि नेतृत्व मौन बस्नु उनले ‘लोकतान्त्रिक उपहास’ भनेकी छन्। “कांग्रेस कुनै निजी कम्पनी होइन, यो सार्वजनिक सरोकारको संस्था हो,” पाण्डेले लेखेकी छन्, “कागजी कार्यतालिकाको खेलले पार्टीलाई अवैध बनाउने खतरा बढ्दैछ।”
भूराजनीति, शक्ति संघर्ष र पर्दापछाडिको खेल
कांग्रेसभित्रको विवाद अब केवल महाधिवेशनको मितिमा सीमित नरहेको प्रष्ट हुँदै गएको छ। पार्टीभित्रैबाट महामन्त्री गगन थापामाथि पार्टीलाई कमजोर बनाउने, बाह्य शक्तिसँग नजिकिँदै दबाबको राजनीति गर्ने आरोपहरू खुला रूपमा उठ्न थालेका छन्। जेन–जी समूहसँगको उनको निरन्तर भेटघाटलाई संस्थापन पक्षले ‘संयोग होइन, रणनीति’का रूपमा हेर्न थालेको छ। संस्थापन पक्षीय नेताहरूको हालैको आन्तरिक छलफलले कांग्रेस विभाजनको जोखिम बढेको निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनको नाममा पार्टीलाई चिरा पार्ने प्रयास भइरहेको भन्दै संस्थान पक्षका नेता तथा कार्यकर्ताहरुले एकताका लागि अपिल गरेका छन्।
कतिपयले नेपालमा भूराजनीतिक प्रभाव बढ्दै गएको उदाहरणका रूपमा पनि यसलाई व्याख्या गरेका छन् । जेनजी आन्दोलनदेखि नै विभिन्न शक्ति केन्द्रले नेपालमा आफ्नो अनुकूलको राजनीतिक व्यवस्था र समीकरण बनाउन मेहनत गर्दै आएको जिकिर गर्दै उनीहरू सोही क्रममा दलहरूबिच एकता तथा ध्रुवीकरणको सिलसिला चलिरहेको बताउँछन् । यसैबिच नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको बैठकले समेत भूराजनीतिका कारण कांग्रेस विभाजनको सँघारमा पुगेको ठहर गरेको छ । शुक्रबार राजधानीमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले कांग्रेसलाई कमजोर बनाउन भित्रिया र बाहिरी शक्ति सक्रिय भएको निष्कर्ष निकालेको छ ।
यस्तै जेनजी आन्दोलनका अगुनवा तथा हामी नेपालका संयोजक सुदन गुरुले पनि केही समयअघिदेखि नै नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भेट गर्दै आएका छन् । उनले जेनजी आन्दोलनपछि जेनजीको भावना अनुसार कांग्रेस पार्टीलाई चलाउन दबाब दिर्दै आएका छन् । यस्तै हिजोमात्रै पनि महामन्त्री गगन थापासँग पुनः सुदन गुरुङले भेट गरेको बुझिएको छ । भेटमा गुरुङले नेपाली कांग्रेसलाई कम्जोर पार्नका लागि आवश्यक खर्च समेत फन्ड गर्ने सहयोग गरेको बुझिएको छ । अमेरिकाले कांग्रेसलाई नेपालबाट विस्थापन गर्न मोटो रकम परिचालन गरेको समेत स्रोतको दाबी छ ।
गुरुङले महामन्त्री थापालाई गु्रुङले पुरानै पाराले हुँदैन,नेतृत्व परिवर्तन गरी जेनजी भावना अनुसार अघि बढ्न बारम्बार दबाब दिदैँ आएका छन् । थापाले पनि आफूले यस आन्दोलन र जेनजीको उपस्थितिलाई नजिकबाट हेरिरहेको र पार्टीमा पनि सोहीअनुसार परिवर्तन गर्न लागिपरेको बताउँदै आएका छन् । तर महामन्त्री थापाको गतिविधिले कांग्रेसलाई कम्जोर पार्ने रणनीति भएको संस्थापन पक्षको ठहर छ ।
नेपाली कांग्रेसलाई समाप्त पार्न अमेरिका पूर्ण रुपमा सक्रिय बनेको सरोकारवालाहरुले खुलासा गर्दै आएका छन् । पछिल्लो समय महामन्त्री थापा पनि अमेरिकी युथ काउनसिलको सदस्य भएको र सोही अनुसार नेपाली कांग्रेसलाई कम्जोर बनाउन लागि परेका हुन् भन्ने विषय समेत सतमा आएको छ। कांग्रेसलाई विभाजित नगर्ने कसम खाए पनि पार्टी विभाजनमा परिचालित शक्तिरुको प्रयोग गरेको समेत खुल्न थालेको छ । पार्टी स्रोतहरूका अनुसार, महामन्त्री गगनकुमार थापा पर्धापछाडिबाट कांग्रेसलाई कमजोर बनाउने र सभापति शेरबहादुर देउवाको नेतृत्वलाई निष्प्रभावी बनाउने रणनीतिमा सक्रिय रहदै गएको खुल्न थालेको छ ।
पार्टीभित्रको असन्तोष चुलिँदै गएको बेला थापालाई बाह्य समूह, विशेषगरी ‘जेन–जी’ नामले चिनिने राजनीतिक रूपमा संगठित समूहले खुलेआम साथ दिइरहेको देखिन्छ। कांग्रेसभित्र विवाद चर्किरहेका बेला ती समूहका अगुवाहरू निरन्तर थापासँग भेटघाटमा छन्। पार्टी स्रोतहरूका अनुसार, ती भेटघाटको उद्देश्य कांग्रेसभित्र दबाब सिर्जना गर्नु मात्र नभई आवश्यक परे नयाँ राजनीतिक संरचना निर्माणतर्फ थापालाई उक्साउनु रहेको छ। थापामाथि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दल दर्ताको मिति लम्ब्याउन दबाब दिएको आरोपसमेत लागेको छ। यसलाई कांग्रेस वृत्तमा ‘राजनीतिक ब्रेकअप प्लान’ को रूपमा हेरिएको छ। थापानिकट नेताहरू र सामाजिक सञ्जालमा प्रभाव राख्ने केही व्यक्तिहरू कांग्रेसबाट थापालाई अलग्याएर वैकल्पिक शक्तिकेन्द्र निर्माण गर्ने प्रयासमा लागेको संस्थापन पक्षका नेताहरुले नै भन्न थालेका छन् । निर्वाचन आयोगले कांग्रेसभित्रको विवादको जिम्मा आफूले नलिने जनाइसकेको छ ।
महामन्त्री थापाले केही दिनअघि जेन–जी समूहका रक्षा वम, प्रदीप ज्ञवाली, उजिन राजभण्डारी, माजिद अन्सारीलगायतका व्यक्तिहरूसंग भेटवार्ता गरेका थिए । बारम्बार भेटमा देखिनु संयोग मात्र नभएको कांग्रेस नेताहरूको बुझाइ छ। २०८२ पुस १८ गतेको भेटमा समेत कांग्रेसलाई ‘कब्जा’ गर्ने वा कम्तीमा एमालेसँग सहकार्य गर्न नदिने र पार्टी एकता पनि हुन नदिने सुझाव दिइएको स्रोतहरूको दाबी छ। सोही अनुसार महामन्त्री थापाले राष्टिय सभा निर्वाचनमा कांग्रेसले एमाले लगायत अन्य दलसँग सहकार्य गरेर जाने गरेको निर्णयमाथि आपत्ति जनाउँदै आएका छन् । यही समूह हाल काठमाडौं महानगर प्रमुख बालेन शाहसँग पनि निकट रहेको बताइन्छ।
बालेन,रवि र जेनजी अगुवा मानियका हामि नेपालका संयोजक सुदन गुरुङले कांग्रेस र एमालेलाई पत्ता साफ पार्न कै लागि आन्दोलन गरिएको भन्दै बारम्बार महामन्त्री थापासँग भेट हुने गरेको समेत बुझिएको छ । थापा विगतमा पनि बाहिर बसेर पार्टीमाथि हमला गर्दै नेविसंघबाट राजनीतिमा उदायका नेता हुन् । तर पछिल्लो समयमा पार्टी संकटमा परेको बेला नै विभिन्न फण्डा रच्नमा लाग्नुले समेत उनको चर्को आलोचना हुने गरेको छ । सरकार र जेन–जीबीच भएको सम्झौतामा पार्टीबाट सहमति जुटाउने वातावरण थापाले नै बनाएको र त्यसका बुँदाहरूको मस्यौदामा थापाको सचिवालय प्रत्यक्ष संलग्न रहेको दाबीले विवादलाई झन् गहिरो बनाएको छ। यसले थापा कांग्रेसभन्दा बाहिरका एजेन्डा बोकेर अघि बढिरहेको आरोपलाई बल पुर्याएको छ जेन–जी अगुवाले महामन्त्री थापा र शर्मालाई कांग्रेस विभाजन गर्न भन्दै आफू पर्दापछाडी बाट सहयोग गर्न तयार रहेको भन्दै सामाजिक संजालमा अभिव्यक्तिहरु सार्वजनिक गर्न थालेका छन् ।




