देश

एमाले महाधिवेशनको बन्द सत्र ३ बजेलाई सर्‍यो

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत हुने बन्द सत्रको समय पुनः सारिएको छ ।

भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा आयोजना हुँदैछ । यसअघि बिहानै सुरू गर्ने भनिएको बन्द सत्र अब दिउँसो ३ बजे सुरू हुने जनाइएको छ ।

केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बन्द सत्रको समय ३ बजेलाई सारिएको जानकारी दिएका हुन् ।

बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबाट भएका निर्णय उल्ट्याउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटी सदस्य संख्या बढाउने तथा स्थायी कमिटी कायम राख्ने गरी विधान संशोधन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *