काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइका लागि पेसी तोकिएको छ।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार आजको इजलासमा मुद्दा प्रतिवेदनसहित पेश हुँदैछ। यसअघि, दुई पटक लामिछाने पक्षका कानुन व्यवसायीहरूले निवेदन दिएपछि बहस स्थगित भएको थियो।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। सहकारीमा आफूले गरेको अपचलनको हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। न्यायाधीश नारायण सापकोटाको इजलासबाट जारी भएको सो आदेशविरुद्ध लामिछानेले भदौ ९ मा उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
आजको सुनुवाइमा दुवै पक्षका बुझाइ र निवेदनहरूमाथि अदालतले पुनः विचार गर्ने अपेक्षा राखिएको छ।सहकारी ठगीमा मुछिएका रास्वपा सभापतिमाथि पछिल्लो समय रिहाइको माग गर्दै रास्वापा,वैकल्पिक शक्ति,कलाकार,पूर्व न्यायाधिसदेखि पत्रकारसम्म नख्खु कारागार पुगेर सरकार र अदालतमाथि दबाब दिइरहेका छन् । सहकारी ठगी जस्तो संगठीत अपराधमा अन्तरिम सरकारले र अदालतले के गर्ला निर्णय पछिल्लो समय सो विषय बहसको केन्द्रमा छ ।
रास्वपा सभापतिको विषयमा रास्वपाका नेताहरुले रिहाइका लागि हस्ताक्षर संकलन गरेर नागरिक सरकारले न्याय दिने भन्दै सत्ताधारी दलहरुमाथि विभिन्न किसिमका आरोप प्रत्यारोप गर्दै आएका छन् । अदालतको मान हानी हुने किसिमका अभिव्यक्ति समेत उनका समर्थकहरुले गर्दै आएका छन् , गोर्खा मिडिया नेटर्वकको प्रबन्ध निर्देशक भएर रवि,जीवि र छबि मिलेर करोडौँ रुपैँया हिनामिना गरेको आरोप लामिछानेमाथि छ । लामिछानेको हस्ताक्षरमैँ एक करोड ५० लाख सम्मको भौचर काटिएका प्रमाणहरुसमेत छानबिन समिति र प्रहरी अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । तर रवि लामिछाने नेपाली सोझा जनतालाई आँखामा छारो हालेर झुक्याउने खेलमा लागि परेको तथ्य स्पष्ट छ । पछिल्लो समय लामिछाने आफूले गरेको ठगीको रकम बुझाएर जेलमुक्त हुनुपर्ने अडान राख्दै आएका छन् । पछिल्लो समय नख्खु कारागार हुलाक घर जस्तै बनेको छ ।




