काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज सिंहदरबारमा भेट भएका छन्।
स्रोतका अनुसार, पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसले पुर्याएको संरचनात्मक क्षति अवलोकन गर्न सिंहदरबार पुगेको बताइन्छ। सोही अवसरमा उनले प्रधानमन्त्री कार्कीसँग पनि संक्षिप्त भेटघाट गरेकी हुन्।
बैठकमा औपचारिक छलफल भए नभएको विषयबारे विवरण सार्वजनिक गरिएको छैन। तथापि, भेटको मुख्य उद्देश्य जेनजी आन्दोलनका प्रभाव र त्यसबाट भएको क्षतिको अध्ययन रहेको बताइएको छ।




