राजनीति

महाधिवेशन उद्घाटनमा अध्यक्ष ओलीको सन्देश : राष्ट्र, लोकतन्त्र र संविधानका लागि सबै एक जुट हुनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र यही मङ्सिर २७ गतेबाट सुरु हुन लागेको छ। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टी सदस्यहरूको घर–घरमा महाधिवेशनमा सहभागी हुन पत्र पठाउन थालिएको छ।

बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका जनपरिचालन कमिटीका सचिव राजन भट्टराईका अनुसार, पत्रमार्फत पार्टी कार्यकर्ता तथा जनसमुदायमा लोकतन्त्र र राष्ट्रियताको पक्षमा एकजुट हुनुपर्ने सन्देश पुर्‍याउने उद्देश्य राखिएको छ।

अध्यक्ष ओलीले महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसरको रूपमा प्रस्तुत गरेका छन्। साथै एमालेलाई राष्ट्रिय स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुशासनको सूत्रधार, समृद्ध नेपाल–सुखी नेपालीको सपना पुरा गर्ने पार्टीका रूपमा चित्रण गरेका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ गते दिउँसो १२ः३० बजे भक्तपुर सल्लाघारीमा उद्घाटन हुँदैछ। उद्घाटनमा बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा उपस्थित गराउने योजना रहेको सचिव डा. भट्टराईले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *