काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वबारेको बहसले तिव्रता पाएको छ । पार्टीभित्र असोज अन्त्यदेखि मंसिर दोस्रो सातासम्म महाधिवेशनको मिति, प्रक्रिया र नेतृत्व चयनका विषयमा तीव्र रस्साकस्सी चलिरहँदा डा. शेखर कोइराला आफ्नै शैलीमा नेतृत्व तयारीलाई व्यवस्थित गरिरहेका छन्।
असोज २८ मा कांग्रेस केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएको भोलिपल्टै शेरबहादुर देउवा उपचारका लागि सिंगापुर उडेपछि महाधिवेशन विवाद खुलै सडकमा आयो। देउवा फर्किए पनि महाधिवेशनको स्वरूपबारेको द्वन्द्व झन् चर्कियो।
जेनजी आन्दोलनपछिको राजनीतिक वातावरणमा नेतृत्व परिवर्तनको साझा धारणा बोकेका शेखर कोइराला र गगन थापा विशेष महाधिवेशन प्रस्ताव दर्ता भएपछि दुई दिशामा उभिए। गगन थापा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको पक्षमा रहे, डा. शेखर कोइराला भने निर्वाचनअघि नियमित महाधिवेशनमै जानुपर्ने अडानमा टिके। सोही विषयले महाधिवशेनलाई निष्कर्षमा पु¥याउन सहयोग ग¥यो ।
शेखरको तर्क थियो—“विशेष महाधिवेशनले पार्टी विभाजनतिर लैजान सक्छ। केन्द्रीय समितिको निर्णय बाहिरबाट महाधिवेशन चलाउन खोजिए फुट अपरिहार्य हुन्छ।” यही चेतावनीका आधारमा उनले पार्टी विभाजनको सम्भावनालाई कडाइका साथ अस्वीकार गर्दै आफू कुनै विभाजनकारी भेलामा नजाने स्पष्ट सन्देश दिए।दोहोरो दबाबबीच दुई महामन्त्री शेखरको कार्यालयमै पुगेर लामो छलफलमा बसे। विशेष महाधिवेशनको निर्णय पार्टीलाई फुटसम्म लैजाने जोखिमबारे खुलस्त कुराकानी भएको शेखरले स्वीकार गरेका छन्। त्यसपछि कोइरालाले सभापति देउवासँग पनि भेट गरे।
विशेष महाधिवेशन अभियान चलाइरहेका नेता गुरुराज घिमिरेका अनुसार नियमित महाधिवेशनको तालिका पुसमा आउने वातावरण विशेष महाधिवेशनकै दबाबले बनेको हो। अन्ततः सबै सहमतिमा पुस २६–२८ को कार्यतालिका तय भयो। उता संस्थापन पक्षले वैशाखमै महाधिवेशन गराउने दाबी गर्दै विशेष महाधिवेशनको प्रस्ताव फेल गराउने चेतावनीसमेत दिएको थियो। तर देउवाको सक्रियताले सहमति जुट्दै गयो।
महामन्त्री गगन थापाले पार्टी कार्यालयमा अतिरिक्त धारणा दर्ता गराउँदै सम्भावित अवरोधमा विशेष महाधिवेशन प्रस्ताव पुनः सक्रिय हुने दाबी गरेका छन्। उनी नेतृत्वमा उठ्ने तयारीसहित आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका छन्। कांग्रेस सभापति देउवाको सक्रियतापछि नियमित महाधिवशेनको मिति सार्वजनिक हुँदा समेत महामन्त्री थापा र शर्मा लगायतका नेता संस्थापनपक्षलाई कम्जोर पार्न अविश्वासनीय भन्दै सामाजिक संजालमा विवादित अभिव्यक्ति दिइरहेका छन् । संधै विवादमा फसाएर कांग्रेसलाई कता लैजान खोजेको भन्दै कतिपय नेता तथा कार्यकर्ताहरुले महामन्त्री थापालाई प्रश्न समेत गर्ने गरेका छन् । थापाले पनि सभापतिको उम्मेदवारको घोषणा गरेपनि उनको पक्षमा अवसवादी सोच दिगो नहुने तर्क समेत हुने गरेको छ ।
शेखर कोइरालाका प्राथमिकता :‘एकपटक नेतृत्व’–पछि ‘युवालाई हस्तान्तरण’
सभापति देउवाले उठाएको पाटीभित्रको गुटलाई चिरेर गुटरहित कांग्रेस बनाउने अभियानलाई डा. कोइरालाले सहमती जनाउँदै सबैलाई एक हुन आग्रह गरिरहेका छन । अघिल्लो महाधिवेशनदेखि शेखर कोइराला पुरानै एजेण्डामा दृढ छन्—कांग्रेसलाई मूल्य–मान्यतामा उभ्याउने,गुटगत राजनीति अन्त्य गर्ने, एकपटक नेतृत्व सम्हाली युवालाई सत्ता हस्तान्तरण गर्ने। उनले भने, “म एक पक्षका मान्छेसँगमात्र छलफलमा छैन। १५औँ महाधिवेशनमा स्थायी गुट रहने छैन भन्ने मेरो विश्वास छ। अभ्यास सफल भयो भने अहिले रिसाएका साथीहरू पनि खुसी हुनेछन्।”
भित्रभित्रै कोइरालाले –थापा सहकार्य गराउने प्रयास भए पनि अझै ठोस निष्कर्ष निस्किएको छैन । तर महामधिवेशनबारे कोइराला परिवतार एक छन् । कोइराला परिवार एक भएर कांग्रेसलाई एक ढिक्कामा लाने पथमा छन् । शेखर कोइरालाले आफ्नो ‘विस्तृत तयारी’ लाई संयमित र संस्थागत तरिकाले अघि बढाइरहेकाले आगामी महाधिवेशनमा उनको भूमिकाले कांग्रेसको शक्ति–सन्तुलन बदल्न सक्ने विश्लेषण भइरहेको छ।




