काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ गृहजिल्ला पुगेको पहिलो दिनै विरोधका नाराले माहोल तातिएको छ। माओवादी केन्द्रबाट अलग भएर नयाँ राजनीतिक यात्रामा निस्किएका शर्मालाई शनिबार रुकुमका स्थानीय युवाहरूले कालो झण्डा देखाउँदै विरोध जनाए।
शर्मा आज बिहान नेपाल एयरलाइन्सको उडानमार्फत खलंगा विमानस्थल पुगेपछि बाहिरिने क्रममा केही समूहले कालोझण्डा सहित नाराबाजी गरेका थिए। सम्भावित अप्रिय घटना रोक्न सुरक्षाकर्मीको तैनाथी तत्काले बढाइएको जिल्ला प्रशासनले जनाएको छ।
प्रलोपा गठनपछि पहिलोपटक गृहजिल्लाको भ्रमणमा निस्किएका शर्माले आफ्नै क्षेत्रमा देखिएको असन्तुष्टिलाई गम्भीर रूपमा लिएको बताइएको छ।




