काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन गर्न प्राविधिक हिसाबले सक्षम छ। देशभरि परिचालन गर्न सकिने जनशक्ति, कर्मचारी र सुरक्षा बल पर्याप्त छ भने मतदान केन्द्र स्थापना, कर्मचारी परिचालन र सुरक्षा व्यवस्थापन प्राविधिक रूपमा सहज देखिन्छ।
तर विशेषज्ञहरूले स्पष्ट पारेका छन् कि चुनाव केवल मिति तोक्ने वा सुरक्षा बल खटाउने विषय होइन। वास्तविक चुनौती भनेको मतदानका लागि नागरिकलाई स्वतन्त्र, सुरक्षित र डरमुक्त वातावरण उपलब्ध गराउनेमा छ। इतिहासले पनि देखाएको छ – जब मतदान केन्द्रमा नागरिकले स्वतन्त्र भोट हाल्न सकेनन्, त्यस्तो निर्वाचनलाई जनताले स्वीकार्न सकेनन्।
कानुनविद्ध,राजनीतिज्ञ,घटना विश्लेषकहरुका अनुसार , “निर्वाचन तब मात्र सफल हुन्छ जब राजनीतिक दलहरू विश्वासको आधारमा सहभागी हुन्छन् र प्रतिशोध, धम्की वा आक्रमणको वातावरण अन्त्य हुन्छ।” अन्तर्राष्ट्रिय दृष्टान्तले पनि स्पष्ट देखाउँछ – अमेरिका, बेलायत, अष्ट्रेलियामा नागरिकले स्वतन्त्र रूपमा मतदान गर्छन्, र मतदान केन्द्र वरिपरि सुरक्षा बलको उपस्थितिलाई सीमित राखिन्छ। नेपालमा पनि यस्तो समान वातावरण सुनिश्चित नगरी मात्र निर्वाचन सम्पन्न भएको मान्न सकिन्न।
जेनजी आन्दोलनपछि दुई थरी मत सार्वजनिक भइरहेका छन् ,एक थरीले जेनजी आन्दोलनलाई (क्रान्ति) परिवर्तन भएको र अर्को धरीले जेनजी आन्दोलनले आतंक सिर्जना ग¥यो । अराजक तत्वहरुको हावी भयो। संविधान,लोकतन्त्र र राजतन्त्रका विषयमा फरक –फरक धारणा सार्वजनिक भएका छन् । जेनजी आन्दोलनपछि युवापुस्ताहरु सुशासन,भ्रष्ट्राचारविरोधी अभियान,विकासको मोडेल,रोजगारीको अवसर,शिक्षा,स्वास्थ्य ,यातायात लगायतका विकासका पूर्वाधारमा दिगो विकासको अवधारणा लागू गर्न माग उठाउँदैछन् । तर उनीहरुको अभिव्यक्त गर्ने शैलीका कारण देशमा दिनप्रतिदिन आन्दोलन,हत्या हिंशा,प्रर्दशन,तोडफोड भइरहेको छ ।
युवाहरुले विग्रीएको माहोल शान्त पारेर निर्वाचन गराउने विषयमा सरकारलाई सहयोग गर्नुपर्ने हो । तर एक थरी निर्वाचन नै हुन नदिने भन्नेर विभिन्न छलफल र योजना बनाउन लागि परेका छन् । सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार छन् । निर्वाचनको वातावरण शान्त पार्दर्शी,आपसी समझदारी कायम गर्ने सरकारलाई चुनौती छ । सो वातावरण बनाउन समक्ष हुनुपर्नेमा उनीहरुको अडान छ । लुटिएका,हतियारहरु र जेलबाट भागेका कैदीहरु फिर्ता नहुनुले अर्को चुनौती थपिएको छ,अन्तरिम सकारलाई । सरकारले निर्वाचनका लागि सबै संयन्त्र तयार पारिसकेको बताएको छ । निर्वाचन आयोग,सुरक्षाका निकायहरु, र जनताहरु निर्वाचन हुनेमा विश्वस्त छन् । तर पछिल्ला दिनका घटनाहरुलाई विश्लेषण गर्दा निर्वाचन गराउने विषय त्यति सहज भने छैनन् । सरकारमाथि जेनजी समुहको दबाब,आन्तरिक षड्यन्त्रकारी गतिविधि र नयाँ र पुराना भनेर चर्काइएको बहस नै अहिलेका लागि ठूलो चुनौतीको विषय बनेको छ । ।
विशेषज्ञहरूले निष्कर्ष निकाल्छन् कि चुनावको सफलता प्राविधिक तयारीसँगै राजनीतिक सहमति, सामाजिक मनोविज्ञान र जनताको विश्वासमा आधारित हुनुपर्छ। शान्ति, सुरक्षा र पारदर्शिता सुनिश्चित भएपछि मात्र निर्वाचनले लोकतन्त्र बलियो बनाउनेछ र जनतालाई वास्तविक प्रतिनिधित्वको अनुभूति दिलाउनेछ।
जेनजी आन्दोलनपछि देशमा अशान्ति हिंसा–फैलाउने सक्रिय गिरोह को हुन् ?




