काठमाडौं । कांग्रेस सभापति देउवाकै कृपाले दुई पटक विधुत प्राधिकरण कार्यकारी निर्देशकदेखि भौतिक तथा सहरी विकास मन्त्रालयको सचिव भएर अकुत सम्पति कमाएका अर्जनकुमार कार्की सभापति देउवाको विरोध गर्दै विभिन्न लेख र अन्तर्वाता दिएर जग हँसाउने काममा लागि परेका छन् ।
उनले विभिन्न संचारमाध्यमहरुमा दिएका अन्तर्वाता र लेखहरुमा सभापति देउवाको विरोध गरेका छन् । शुक्रबार एक अनलाइन मिडियामा प्रकाशित भएको लेखमा उनले लामो समय पंचायती शासनको विरोधमा ,निरङकुश राजतन्त्रको विरोधमा लोकतन्त्र स्थापना र संविधानको रक्षा र बहुदलिय शासन स्थापनाका साथै देश र जनताको अधिकार स्थापनामा अहम भूमिका खेलेका सभापति देउवामाथि चर्को आलोचना गरेका छन् । उनले लेखेका छन्–देउवाले एक अवधि (२०४६ अघिसम्म) प्रजातन्त्रका लागि लड्नेबाहेक मुलुकका लागि सम्झन लायक एउटा पनि काम नगरेको आरोप लगाउँदै तिक्ष्ण क्षमता भएका सभापति देउवालाई सामान्य क्षमताका व्यक्तिका रुपमा चित्रण गरेका छन् ।
विभिन्न दर्जर्नौ भ्रष्ट्राचारको काण्डमा मुछिएका उनै कार्की भविष्यमा आफूमाथि लागेका काण्ड नकोटिउन् भन्ने मनसायका साथ अहिले कांग्रेस संस्थापनइतर पक्षको लभिङमा लागेका छन् । उनै दर्जनौ भ्रष्ट्राचार र अनियमिताको जालोमा बेरिएका कार्कीले भ्रष्ट्राचार विरोधी गतिविधि रोक्ने कुरा गर्नु कति उचित ?
जेनजी आन्दोलनपछि कांग्रेस संस्थानपन पक्षले नियमित महाधिवेशनको कुरा उठाइरहेका बेला विगतमा सभापति देउवाको कृपाले दुई पटक विधुत प्राधिकरणको पूर्व कार्यकारी निर्देशक र भौतिक तथा सहरी मन्त्रालयको सचिव भएका, लामो समयसम्म सिंचाई विभागमा बसेर अकुत सम्पती आर्जन गरेका, अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा दर्जनौँ मुद्धा परेका कार्की अहिले कांग्रेस संस्थापनको पक्षको विरोधमा उत्रर्दै कांग्रेस संस्थापनइतर समुहका बरिष्ठ नेता शेखर कोइरालालाई १५ औंँ महाधिवेशबाट जिताउनुपर्ने भन्दै कांग्रेसलाई चिरा पार्ने लाइनमा देखिएका दुई महामन्त्री विश्वप्रकाश शर्मा र अर्को महामन्त्री गगन थापाको पक्षमा विशेष महाधिवेशको लभिङ गर्न थालेका छन् ।
स्रोतका अनुसार कार्कीले अहिलेसम्म कांग्रेसमा भोट समेत हालेका छैनन् । अहिलेसम्म कांग्रेसमा भोट नहालेका काकीको बारेमा दोलखा जिरीका जनतालाई समेत गएर सोध्दा हुने स्रोतको दाबी छ । तर राजनीतिबाट अलग भइसकेको घोषणा गरेका कार्कीले आगामी दिनमा आफूमाथि लागेका काण्डहरु पुनः सतहमा आए महामन्त्री थापा र शर्माले आफ्नो पक्षमा बोलिदिने विश्वासका साथ उनीहरुको लाइनमा लागेको नेता तथा कार्यकर्ताहरुले आँकलन गर्न थालेका छन् ।
विगत र वर्तमानमा उनको विश्लेषण :
पुर्व सचिव तथा प्राधिकरणका पूर्व कार्यकारी अर्जुन कार्की आफ्नो जिवनकालमा काण्डै –काण्डबाट कहिल्यै अछुतो रहन सकेनन् । नेपाली कांग्रेसभित्र एउटा पुरानो नाटक फेरि दोहोरिएको छ — पात्र पुरानै, कथा नयाँ। फरक केवल मुखौटा हो। यही कथाका प्रमुख पात्र हुन् – अर्जुनकुमार कार्की। सभापति शेरबहादुर देउवाको कृपाबाट दुई–दुई पटक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र पछि भौतिक तथा सहरी विकास मन्त्रालयका सचिवसम्म पुगेका उनी, अहिले त्यही देउवामाथि विषवाण प्रहार गर्दै ‘नैतिकताको नया अध्याय’ लेख्न खोजिरहेका छन्।
तर प्रश्न उठ्छ — जसले पद र पावरको भरमा अकुत सम्पत्ति जोडे, जसको नाममा दर्जनौँ भ्रष्टाचारका मुद्दा छन्, जसको निजी निवासमा समेत हत्याकाण्ड भएको आरोप समेत लागेको थियो — त्यही व्यक्ति अहिले ‘भ्रष्टाचार विरोधी’ बनेर कांग्रेस सुधारको कुरा गर्छ भने, त्यो भन्दा ठट्टा के हुन सक्छ?
अर्जुन कार्कीको जागिरे करियर सभापति देउवाकै कृपाबाट चढ्दै गएको हो। उनले मन्त्रालयका ठूला ठेक्का बाँडे, प्राधिकरणका करोडौंको बजेट हजम गरे, र अख्तियारका फाइलहरूमा बारम्बार नाम लेखाए। तर अहिले, सभापति देउवाको विरोधमा लेख र अन्तर्वार्तामा व्यस्त कार्कीले आफूलाई ‘सुधारवादी’ भनेर प्रस्तुत गर्दैछन्। विडम्बना के भने – कांग्रेसको सामान्य सदस्यता लिएका नलिएका नै पत्ता छैन, तर ‘विशेष महाधिवेशन’का ठूला अभियानकर्ता बन्न पुगेका छन्।
काण्डकै फेरोमा गुज्रिएको उनको सरकारी करियर
कार्कीको नाम सरकारी कागजमा भन्दा बढी अख्तियारका फाइलहरूमा भेटिन्छ। ट्रान्समिटर खरिद काण्ड (२०७०) विद्युत प्राधिकरणमा करोडौंको अनियमितता, मध्यस्थकर्ता नियुक्त गरेर रकम हजम गरेको आरोप।
त्रिपाल र जस्तापाता काण्ड (२०७२) भूकम्पपीडितका नाममा कम गुणस्तरको सामान खरिद, ११ करोडभन्दा बढी भ्रष्टाचारको प्रमाणसहित अख्तियारको पत्र।
एम्बोस्ड नम्बर प्लेट ठेक्का काण्ड : ठेक्का लोकमान कार्कीका सम्धी र नातेदारलाई सुम्पेर ठूलो कमीशनको चलखेल।
नेपाल ट्रष्ट जग्गा काण्ड : सरकारी जग्गा कौडीको भाउमा भाडामा दिई निजी लाभ उठाएको आरोप। यीमध्येकुनैमा पनि कार्की निर्दोष ठहरिएका छैनन् — बरु राजनीतिक पहुँच र पदको जालोले हरेक पटक उम्कन सफल भएका छन्।
अर्जुन कार्कीका जीवनका पाना पढ्दा एउटा कुरा प्रष्ट हुन्छ — उनी कहिल्यै पनि ‘सेवा’का कारण चर्चामा आएका होइनन्, सधैँ ‘काण्ड’का कारण हेडलाइन बनेका छन्। आज त्यही व्यक्ति कांग्रेस सुधारको नारा लिएर उफ्रिँदा, जनताले सोधिरहेका छन् — “भ्रष्टाचारको सागरमा पौडिने मानिस अब पारदर्शिताको उपदेश दिन्छ भने, त्यो राजनीतिलाई सुधार्ने होइन, प्रदूषित गर्ने प्रयास हो।” अर्जुन कार्कीको यो ‘नयाँ अवतार’ कांग्रेसभित्रको सुधार होइन, पुरानै ‘पावर गेम’को अर्को अध्याय हो — जहाँ पुराना पाप पखाल्ने नाटकको नाममा, नयाँ चालहरू खेलिँदैछन्।




