देश

डा. सुधा शर्मा र बब्लु गुप्ताले लिए मन्त्री पदको शपथ, सुनार–श्रेष्ठको शपथ स्थगित

काठमाडौं । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले डा। सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन्।

डा। सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सुम्पिएको छ।

उनीहरूसँगै अन्य दुई जना मन्त्री—खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ—सिफारिस भए पनि अन्तिम समयमा विवादका कारण शपथ ग्रहण स्थगित गरिएको थियो। सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार, विवादास्पद नामको स्थगनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् विस्तार प्रक्रियामा सतर्कता र कानुनी संवेदनशीलता देखाएको छ।
यस कदमले सरकारभित्र विश्वासिलो र विवादमुक्त मन्त्रीहरूको चयन सुनिश्चित गर्ने प्रयासको संकेत दिएको विश्लेषकहरूले टिप्पणी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *