राजनीति

जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाईज्ञ सम्बोधन गरिनुपर्ने बताएका छन्।  मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले  जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्।  उनले भने,’ उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।’

सभापति देउवाले नेपाली जनताको आशस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा नेपाली कांग्रेस रहँदै आएको बताए।

देशको राष्ट्रिय र लोकतन्त्रका निमित्त नेपाली कांग्रेस कहिल्यै कसैसँग कुनै सम्झौता नगर्ने बताउँदै उनले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठिक ढंगले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने नेपाली कांग्रेसको विशेषता रहेको जिकिर गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *