देश

जेनजी प्रदर्शनपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएका छन्। उच्चस्तरीय जानकारीअनुसार, लेखकले आफ्नो पदबाट अलग हुने निर्णय मन्त्रिपरिषद् बैठकमा औपचारिक रूपमा प्रस्तुत गरेका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शन हिंसात्मक बनेको थियो। यस घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै २५६ जना भन्दा बढी घाइते छन् । उनीहरुको देशभरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।प्रर्दशनका क्रममा निकै ठूलो भौतिक तथा तथा मानवीय क्षेति भएको छ ।सरकारले विरामी र घाइतेहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

घटनाप्रति आफूले नैतिक जिम्मेवारी लिनुपर्ने ठान्दै लेखकले राजीनामा दिएको बताएका छन्। यसअघि उनले पार्टी बैठकमा पनि पदमा रहँदा हुने जिम्मेवारीका कारण आफू राजीनामा दिन सक्ने जानकारी गराइसकेको थिए।

राजीनामा पेशसँगै सरकारले जेनजी प्रदर्शनपछिको स्थिति व्यवस्थापनमा थप चुनौती सामना गर्नुपर्ने देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *