देश

सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय, तर प्रधानमन्त्रीकै फेसबुक सक्रिय

काठमाडौं । सरकारले विहीबार दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि हाल सूचीकृत नभएका २६ वटा सञ्जाल निष्क्रिय गर्ने प्रक्रिया अघि बढाइएको छ।

तर, सञ्जाल निष्क्रिय भइरहेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अफिसियल फेसबुक पेज र सचिवालयको ह्वाट्सएप ग्रुप सक्रिय रहेका छन्। ‘पीएम केपी शर्मा ओली सेक्रेटेरियट’ र ‘बालकोट’ नामका फेसबुक पेजमार्फत एमाले विधान महाधिवेशनसम्बन्धी स्टाटस र तस्बिरहरू सार्वजनिक भइरहेका छन्। यस्तै, सचिवालयको ह्वाट्सएप ग्रुपमार्फत पनि सूचना र तस्बिर सम्प्रेषण भइरहेको छ।

नीति निर्माताकै फेसबुक पेज सक्रिय रहेकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन्। उनीहरूले सरकारले गरेको निर्णयमा नेताहरू स्वयं अडिग नरहेको टिप्पणी गरेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म ९० वटा इन्टरनेट सेवा प्रदायक (ISP) ले फेसबुकसहितका सञ्जाल बन्द गरिसकेका छन्। प्राधिकरणसँग १०८ वटा ISP दर्ता छन्, जसमा बाँकी रहेका संस्थाले पनि क्रमशः सामाजिक सञ्जाल निष्क्रिय गर्दै जाने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *