देश

प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक टेबुल

काठमाडौँ। प्रतिनिधिसभामा ‘संघीय निजामती सेवा विधेयक, २०८०’का सम्बन्ध्मा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ।

सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन्। सो विधेयक राष्ट्रियसभाबाट यही भदौ १७ गते पारित भएको थियो।

२०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *