राजनीति

भूमि विधेयक समितिबाट पास, विपक्षीको असहमति नोट लेख्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित भएका छन्। बिहीबारको बैठकमा एमाले र कांग्रेसका सांसदहरूले प्रतिवेदनलाई समर्थन जनाएपछि विधेयक पारित भएको हो।

तर, विपक्षी दलहरूले भने पारित विधेयकप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले कांग्रेस र एमालेको सहमतिमा विधेयक पारित भए पनि आफ्नो दल असहमत रहेको बताए।

चौधरीले भने, “कांग्रेस–एमाले मिलेर विधेयक पास गरे, तर हामी सहमत छैनौँ। प्रतिवेदनमा नोट अफ डिसेन्ट लेख्नेबारे छलफल भइरहेको छ।”

यससँगै विधेयक अब प्रतिनिधिसभामा प्रस्तुत हुने तयारी भइरहेको समितिले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *