देश

आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सञ्चालनको लागि आवश्यक सहमति नजुटेपछि बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को आज सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अघिल्लो निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेका थिए।

प्रतिपक्षी दलले भिजिट भिसासम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामासहित तीन बुँदे माग अघि सारेका छन्। ती माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने अडान कायमै राखेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *