
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक तत्काल संसदमा प्रस्तुत गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै केसीले राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको विधेयक छिटो पारित गर्नु सुशासन प्रवर्द्धनका लागि अपरिहार्य रहेको बताए।
ूमुलुकमा सुशासन कायम गर्न विधेयक ढिला गर्नु हुँदैन, केसीले जोड दिए। कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा गठन गरिएको उपसमितिले सहमति जुटाइसकेको विधेयक संसदमा प्रस्तुत नगर्नु गैरजिम्मेवारी भएको उनले टिप्पणी गरे।
सांसद केसीका अनुसार, अख्तियारको अधिकार विस्तार र नीतिगत निर्णयको मापन गर्ने प्रावधान समेटिएको यो विधेयकले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नेछ। मन्त्रिपरिषद् संविधानको दायराभित्र रहेर नीतिगत निर्णयको मापन गर्न सके मात्र सुशासन कायम हुन्छ, उनले थपे।
उनले विधेयक पारित भएपछि मात्रै सरकारका निर्णयहरू पारदर्शी र उत्तरदायी बन्ने दाबी गरे। संसदमा भएको यो आग्रहले अख्तियार संशोधन विधेयक छिटो ल्याउन दबाब सिर्जना गर्ने अनुमान गरिएको छ।