देश

रवीन्द्र मिश्र पक्राउ प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राखिएको विषयमा सर्वोच्च अदालतले स्पष्ट जवाफ माग्दै सरकारलाई कारण पेस गर्न आदेश दिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मिश्रलाई उपस्थित गराउन पनि निर्देशन दिएको छ।

मिश्रकी पत्नी सरिका कार्कीले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरण (हैबियस कर्पस) निवेदन दर्ता गरेपछि अदालतले आदेश दिएको हो।

अब सरकारले मिश्रलाई किन र कुन आधारमा हिरासतमा राखिएको हो भन्ने प्रस्ट्याउनुपर्नेछ। यो मुद्दाले मिश्रको गिरफ्तारीलाई लिएर उठेका प्रश्नहरूलाई झनै गम्भीर बनाएको छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *