देश

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर नियुक्तिबारे छलफल हुने सम्भावना

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बाेलाएका हुन्।

आजको बैठकमा गभर्नर सिफारिस समितिमा एक सदस्य नियुक्त गर्न सक्ने सम्भावना छ। डा. विश्व पौडेलले राजीनामा दिएपछि समितिको एक पद रिक्त छ।

कांग्रेस-एमालेबिच गभर्नर कसलाई बनाउने भन्ने विषय पछिल्लो समय जटिल बन्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *