
काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन टोलमा सोमबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। घटनामा एक महिलाको ज्यान गएको छ भने ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगो मखन गल्लीको सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चार तले कच्ची घरबाट सुरु भएको हो। प्रहरीका अनुसार घरको तेस्रो तलामा रहेको ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको हुनसक्ने बताइएको छ। आगोले दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा पनि क्षति पुर्याएको छ।
दमकल, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासमा काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको हो। घटनास्थलमा क्षतिको विस्तृत विवरण आउन बाँकी छ। मृतक महिलाको सनाखत भने हुन बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।