काठमाडौं। नेपालमा जनताको स्वतन्त्रतालाई उजागर गर्न ल्याएको लोतकन्त्र र गणतन्त्रको विरोध गर्दै राजतन्त्रलाई पुर्नस्थापना गर्ने विषयमा सडकदेखि सदसम्म आवाज उठाउदैँ आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका राजावादीहरुले नेपालमा बेरोजारी भएको र नागरिकहरु वैदेशिक रोजगारीमा जान बाध्य भएको भन्दै सरकारले गरेका सकरात्मक कुरामा समेत आलोचना गर्दै आएको छ । तर नेपालमा गाँजाखेतीलाई उद्योगधन्दा र ओषधिजन्य प्रयोजनका विषयमा सरकारले गाँजालाई मान्यता दिनुपर्छ भन्ने विषयमा मौन बसेका छन् ।
नेपालमा गाँजालाई औद्योगिक तथा औषधिजन्य प्रयोजनका लागि वैध बनाउने विषयमा राजनीतिक रूपमा बहस चलिरहे पनि राजावादी शक्तिहरू यसबारे मौन देखिएका छन्। नेपालमा एक समय गाँजा खेती कानुनी रूपमा मान्यता प्राप्त थियो। राजतन्त्रको समयमा गाँजा खुला रूपमा बिक्री वितरण हुने र नेपालमा यसको उत्पादन तथा व्यापारले ठूलो विदेशी मुद्रा भित्र्याउने गरेको इतिहास छ।
हाल नेपालमा गाँजा खेतीलाई औद्योगिक र औषधिजन्य प्रयोजनका लागि वैधता दिन कानुन संशोधनको तयारी भइरहेको बेला राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा)ले नेपालमा गाँजाखेतीलाई वैधानिक गरेर उद्योगधन्दा ,कलकारखाना खोलेर युवाहरुलाई रोजगारी दिने तथा औषधिजन्य प्रयोजनका लागि अघि बढाउने विषयमा संसदमा अर्थात कुनै सार्वजनिक कार्यक्रममा समेत मुख खोल्न सकेको छैन् । अन्य राजनैतिक दल कांग्रेस ,एमाले ,माओवादी रास्वपा लगायतका पार्टीहरु नेपालमा गाँजालाई वैधानिकता दिने विषयमा बहस गरिरहेका छन् । तर राप्रपा किन मौन?
सरकारले औषधिजन्य प्रयोगका लागि गाँजाको उत्पादन र निर्यातलाई वैधानिकता दिन प्रस्ताव अघि सारेको छ। विभिन्न राजनीतिक दलका नेताहरू गाँजाको व्यापारिक लाभबारे चर्चा गरिरहेका छन्। तर, राजसंस्था पुनःस्थापनाको पक्षधर शक्तिहरू भने यस विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक गरिरहेका छैनन्।
राजतन्त्रकालमै गाँजा वैध थियो तर पछि राजाको निर्णयबाटै प्रतिबन्ध लगाइयो। अहिले त्यसैलाई पुनःवैधता दिनुपर्ने विषयमा ्जावादीहरुले रणनीतिक रूपमा मौनता देखाएको छन । केही राजावादी समूहहरूले गाँजालाई धार्मिक प्रसंगसँग मात्रै जोडेर मात्र चर्चा गर्ने गरेका छन् । नेपालको सबैभन्दा ठूलो हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वर्षमा एक पटक लाग्ने महाशिभरात्रीको मेलामा भारतबाट गाँजा ल्याएर सार्वजनिक रुपमा नै विक्रिवितरण भइरहेको हुन्छ । त्यहाँ नेपालीहरुलाई सो दिन पनि गाँजाको विक्रिवितरणमा रोक लगाइएको हुन्छ भने भारतबाट मेला भर्न आएका बाबाहरुले धर्मको नाममा गाँजाको कारोबार गरिरहेका हुन्छन् । नेपालको छिमेकी मुलुक भारतले गाँजालाई वैधानिक गरिसकेकाले उनीहरुले सो दिन नेपालमा सयौँ केजी ल्याएर विक्रिवितरण गरेर एकै दिनमा लाखौँ रुपैँया कमाएर स्वदेश फर्कने गरेको इतिहास जिवित नै छ ।
औद्योगिक वा आर्थिक रूपमा यसका फाइदाबारे राप्रपाले खुलेर बहस गरेको छैन । १९७३ मा अमेरिका र संयुक्त राष्ट्रसंघको दबाबमा आएर नेपालले गाँजा प्रतिबन्धित गरेको थियो । तर हाल अमेरिका, क्यानडा, थाइल्याण्ड, जर्मनी लगायतका देशहरूले गाँजाबाट अर्बौं डलर आम्दानी गरिरहेका छन्।
अहिले फेरि गाँजा वैध बनाउने निर्णय लिन लाग्दा, राजावादीहरूमौन बसेपछि अहिले नागरिकहरुले राप्रपा लगायत राजवादीहरु सो विषयमा मौन बस्नुको कारणको खोजी गर्न थालेका छन् ।नेपालमा गाँजा उत्पादनले आर्थिक रूपमा ठूलो फाइदा पुर्याउने आँकलन गरिएको छ। अमेरिकाले अहिले ठूलो मात्रमा गाँजाखेतीलाई वैधाकिता दिइसकेको छ भने विश्वका १६० भन्दा बढी राष्ट्रमा गाँजालाई वैधाकिता दिइसकेका छन् । जसका कारण त्यहाँको आथिक अवस्था निकै माथि पुगेको छ ।
सरकारले गाँजाखेतीलाई वैधाकिता गरेर औधोगिकरण र रोजगारीसँग युवाहरुलाई जोडे हजारौँ विदेशिएका नेपालीहरु नेपालमा नै फर्किर काम गर्ने धारण सामाजिक सँजालमा सार्वजनिक गरिरहेका छन् । गाँजाबाट विभिन्न किसिमका लत्ताकपडा, जुत्ताचप्पल, झोला, गँलैचा,साबुन,मह, ब्रस,मञ्जन लगायत मेडिकल क्षेत्रमा २०० भन्दाबढि प्रकारका ओषधिजन्य प्रयोजन हुँदै आएको विज्ञहरु बताउँछन् ।
सो क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गरियो भने रोजगारी र राजस्व वृद्धिमा टेवा पुग्नेछ। राजावादी शक्तिहरूले यसबारे स्पष्ट नीति ल्याउनु आवश्यक देखिन्छ। गाँजा प्रतिबन्ध लगाउने शक्ति राजतन्त्र भएकाले, अहिले त्यसको वैधताको पक्षमा उभिन उनीहरूलाई चुनौती भइरहेको देखिन्छ।
नेपालमा गाँजालाई औद्योगिक र औषधिजन्य प्रयोजनका लागि वैध बनाउनुपर्ने बहस तीव्र भइरहेको छ। तर, इतिहासमा यसको प्रतिबन्ध गर्ने राजसंस्थाका समर्थकहरू भने यसबारे मौन रहेका छन्। अब यो विषयमा राजावादीहरू खुलेर बोल्ने कि निरन्तर मौन बस्ने भन्ने हेर्न बाँकी छ।पछिल्लो समयसम्म नेपालमा गाँजालाई वैधानिक गर्नुपर्ने आवाज अभियान्ताहरूले दैनिक जस्तो उठाइरहेका छन् । गाँजाका बारेमा गाउँदेखि सहरसम्म अभियान्तालगायत सर्वसाधारणले उठाइरहेको आवाज कार्यान्वयन गर्न सरकारले सकिरहेको छैन । नेपालमा रोजागारीको माध्यम, औषधिजन्य प्रयोजन तथा देशको आर्थिक अवस्था सुधार्न समेत सहयोग पुग्ने अभियान्ताहरूको भनाइ छ ।
गाँजाबाट थुप्रै सामानहरू निर्माण गर्न सकिने र किसानहरूको आर्थिकस्तरसमेत वृद्धि हुने भएकाले गाँजाले नेपालमा सरकारी मान्यता पाउनुपर्ने सर्वसाधारणदेखि अभियन्ताले बताउँदै आएका छन् । गाउँघरमा बाँझो रहेको जमिनलाई सदुयोग गरेर उत्पादन र उद्योगसँग नागरिकलाई जोड्न सरकारले गाँजालाई वैधानीकरण गर्नुपर्ने आवाज उठेको हो । गाँजाबाट बन्ने कच्चा पदार्थको प्रयोगबाट झोला, कपडा, जुत्ता, तथा औषधिजन्य बस्तुमा प्रयोग हुने भएकाले सरकारले जनताको माग र गाँजाको उपयोगिताबारे अध्ययन गरेर चाँडै वैधानीकरण गर्नुपर्ने भन्दै दबाब बढेको हो ।
सरकारले संसदको बजेटमार्फत गरेको निर्णय कार्यान्वयन गराउन नसक्नु सम्पूर्ण नेपालीहरुका लागि दुःखद विषय हो । सरकारले भाषणमा एक कुरा बोल्ने तर कार्यान्वयन गर्न नसक्दा देशका नागरिकहरु निरुत्साहित बनेका छन् । नेपालमा गाँजा खेतीलाई सरकारले वैधानिकता दिए आफ्नो देश छोडेर मजदुरी गर्न अर्काको देशमा जानु नपर्ने युवाहरू बताउँछन् । तर सरकारले युवाहरुको मनोभाव अहिलेसम्म बुझ्न सकेको छैन् । काठमाडौंमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले सरकारसमक्ष नेपालमा गाँजा बैधानिक गर्नुपर्ने मागसहित पदर्शनलाई जारी राख्दै आएका छन् ।
अभियान्ताहरुले देशको आवश्यकता गाँजा वैधानिकता, गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो, बाकसमा फर्किने कि जडिबुटी रोप्ने रु गाँजा सबको साझा लगायतका प्ले कार्डहरु प्रदर्शन गर्दै आएका छन् । अघिल्लो सरकारले नेपालमा गाँजा वैधानिकता दिने विषयमा सकरात्मक सन्देश जारी गरेपछि सडकदेखी सदनसम्म र गाउँदेखी शहरसम्म गाँजा खेती गर्न पाइने र चाँडैँ आर्थिक स्तरमा सुधार हुने अपेक्षाले खुशी व्यक्त गर्दै आएका थिए ।
नेपालमा गाँजाको इतिहास र प्रयोग
गाँजालाई विगतमा औषधिको रूपमा प्रयोग गरिँदै आएको थियो । पाचन तथा पेटसम्बन्धी रोग,स्नायुरोग तथा टाउको दुख्ने, मानसिक रोग, दुखाइै कम गर्ने र क्यान्सर, डिप्रेसन तथा झाडापखालाको रूपमा आयुर्वेदिक रूपमा प्रयोग हुने गरेको थियो । आयुर्वेदमा आजभन्दा झन्डै दुई हजार वर्षअघिदेखि प्रचलनमा रहेका चरक संहिता नामक ग्रन्थमा पनि गाँजा र यसबाट बन्ने भाङको प्रयोग औषधिका लागि उपयोगी हुने उल्लेख छ ।
केही दशकअघिसम्म यस्ता औषधि सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने गर्दथ्यो । सिंहदरबार वैद्यखानामै ४८ वटा औषधिमा र ११ वटा भिन्न फर्मुलेन्ट मा विगतमा गाँजाको प्रयोग गरिएको इतिहासमा उल्लेख छ । त्यो समयमा गाँजाबाट बन्ने अन्य सामान निर्माण भने नभएको देखिन्छ । वैद्यखानाबाट सन् १९७६ मा नेपालले लागूपदार्थ नियन्त्रणसम्बन्धी कानुन बनाएपछि नेपालमा गाँजा खेती र यसको प्रयोग प्रतिबन्धित भयो संयुक्त राष्ट्र सङ्घको सम्मेलनले पारित गरेको अन्तर्राष्ट्रिय सन्धि सिंगल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१ मा नेपाल सहभागी भएसँगै सिंहदरबार वैद्यखानाले बनाउने धेरै आयुर्वेदिक औषधिको उत्पादन पूर्ण रूपमा बन्द हुन पुग्यो । अब सरकारले संयुक्त राष्ट्रसंघसँग सहमति गरेर नेपालमा गाँजालाई वैद्यानिकता दिने विषयमा सचेत हुनुपर्छ । नेपालमा उत्पादन हुने कच्चा पदार्थमाथि बाह्य राष्ट्रले हस्तक्षप गर्दा नेपाल झन–झन गरिब हुँदै जान्छ । सन्धीमा पुनः वैधानिकताको हस्ताक्षर गराउन नेपाल सरकारले पहल गर्न जरुरी छ । अहिले अमेरिका लगायत युरोप देशहरुमा गाँजाको ठूलो खेती वैद्यानिक रूपमा संचालनमा ल्याइएका छन् । त्यहाँबाट ती देशहरुले अर्बो रकमको आम्दानी गरिरहेका छन् ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा।वासुदेव उपाध्यायले गाँजा नेपालमा बहुउपयागी वस्तु भएको, तर यसको महत्वबारे सरकार अनविज्ञ भएको बताउँदै आएका छन् । उनका अनुसार यसका उपयागिता र महत्वका बारेमा अध्ययन अनुसन्धान गरेर नेपालमा गाँजालाई वैधानिक गर्नुपर्छ । यस्तै स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा। विष्णु मरासिनीका अनुसार नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने गाँजामा औषधीय गुण धेरै पाइन्छ । मरासिनीले गाँजाको पनि भाले र पोथी बोट हुने भएकाले पोथी बोटमा इनफ्लोरसन्स बढी हुने बताए ।
औषधि व्यवस्था विभागका पूर्वसूचना अधिकारी सन्तोष केसीका अनुसार गाँजाबाट निस्कने ‘क्यानबिनोल’ र ‘क्यानबिनोइड्स’ दुखाई कम गर्ने औषधिको रूपमा प्रयोग हुने गरे पनि नेपालमा यसको प्रयोग भएका औषधि प्रचलनमा आएको छैन । त्यसका लागि सव्र्रप्रथम नेपालमा गाँजालाई सरकारले वैधानीकरण गर्नुपर्छ ।
अनुसन्धान परिषद्का अनुसन्धानकर्ता मरासिनीले नेपालमा औषधीय प्रयोजनका लागि विदेशबाट गाँजाको आयात हुने गरेको आफूले पाएको बताए । वैद्यखाना विकास समितिका पूर्वप्रमुख सापकोटाले ‘वानरी गुटिका’मा गाँजामा हुने औषधीय गुणबारे व्याख्या गरिएको बताए । गाँजालाई लागुपदार्थको रूपमा मात्रै प्रयोग हुने अर्थले अहिलेको समुदायले बुझ्नु गलत हुने उनको भनाइ छ ।
२०७६ साल कात्तिकमा तत्कालीन नेकपाका सांसद शेरबहादुर तामाङले गाँजा सम्बन्धी गैरसरकारी विधेयक नै दर्ता गराएका थिए । त्यतिबेला विधेयकको पक्षमा ८० प्रतिशत सांसद रहे पनि ५२ जनाले हस्ताक्षर समेत गरेका थिए । सरकारको आगामी बजेटको बक्तव्यमा नै गाँजालाई वैधानिकता दिने विषयमा सो विषय समेटेको छ । तर कार्यान्वयन हुन सकेको छैन् । नेपालमा व्यावसायिक गाँजा खेतीका लागि लागुऔषध (नियन्त्रण) ऐन संशोधन भएमा अन्तर्राष्ट्रिय रुपमा कुनै समस्या नभएको तामाङ बताउँछन् ।
राष्ट्रसङ्घ अन्तर्गत रहेको ‘कमिसन अन नार्कोटिक ड्रग’ले कोरोनाकै बेला युएनलाई विश्व स्वास्थ्य सङ्गठनको प्रमुखले गाँजालाई हानिकारक लागुऔषधबाट हटाएर औषधीय गुण भएको वनस्पतिको सूचीमा राख्न सिफिरिस गरेका थिए । त्यसपछि युएनको मातहतमा रहेको सीएनडीमा छलफल गराइएको थियो । गाँजालाई हानिकारक लागुऔषधबाट हटाउने पक्षमा नेपाल, भारत र थाइल्याण्ड लगायत २७ देशले मतदान गरेका थिए भने विपक्षमा २५ देशले मत हालेका थिए । ऐनमा रहेको प्रतिबन्धित व्यवस्थालाई हटाउन २०७७ साल जेठमा तत्कालीन नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजा र भाङलाई लागुऔषधको श्रेणीबाट हटाउन माग गरेका थिए ।
नेपालमा गाँजालाई वैधानिकता दिने विषयमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महत,माओवादी सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुन्,परराष्ट्रमन्त्री आरजु राणा देउवा, रास्वापा सभाति रविलामिछाने लगायतका नेताले विगतमा आवाज उठाउँदै आएका छन् । गाँजाखेतीबाट किसानले एक रोपनीमा १० लाख रुपैयाँ आम्दानी गर्न सक्ने अनुमान गरिएको छ ।
नेपालमा गाँजाखेतीलाई वैधानिक दिएमा किसानहरुले बाँझो जमिन फोरेर गाँजाखेति लगाउन सक्ने किसानहरु बताउाछन् । उनीहरुका अनुसार गाँजाको कुनै कुरा पनि खेर जार्दैँन । गाँजालाई विश्वमा हरियो सुनको रुपमा परिभाषित गरिएको छ। गाँजाखेतीलाई वैधानिक गर्ने विषयमा सरकारले अब हेरर बस्न नहुने भन्दै नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले आजको प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका थिए । गाँजाखेतीलाई अगाडि बढाउने कानुन निर्माणमा सरकार अबपछि परे मुलुक १० वर्षपछि धकेलिने उनले बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ,राप्रपा नेता ज्ञानेन्द्रशाहीले जनताले नचाहेको विषयमा चर्को स्वरले सडकदेखि सदनसम्म चिच्याउँछन् तर अहिलेसम्म यत्रो बहस हुँदासम्म नेपालमा गाँजालाई वैधानिकता गरे उद्योग र रोजगारीसँग नागरिकहलाई जोड्ने विषयमा अहिलेसम्म मुखसम्म खोलेका छैनन् । हामीले गाँजालाई नकरात्मक दृष्किोणले हेर्नुहुँदैन् । गाँजाको दुरुपयोग रोक्न गाँजालाई नै मास्यौँ तर विकल्प खोजेनौँ । पैसा कमाउन बरु खाडी पस्यौँ । तर, आफ्नै घरमुन्तिर उम्रिरहेको गाँजाको बोेटमा फलिरहेको पैसा देखेनौँ । किसानहरुले गाँजाको बोटमा पैसा फलेको देख्छन् तर राजनीतिज्ञहरुल लागूओषध देख्छन् । अब लेन्स बदल्ने बेला आएको छ । बझाङका गणेश ऐडी नेपालीले गाँजामा पैसा पैसा भएको बताउँछन् । २४ वर्षदेखि काठमाडौंंसहित विश्वका ७० वटा देशलाई गाँजाबाट बनेको पोशाक चिनाउँदै आएका ऐडी सरकार र समाजले यसको उपयोगिता नबुझ्दा नेपाली जंगलमा गाँजा मास्ने नाममा अर्बौं रुपैयाँ जलिरहेको उनको भनाइ छ ।
गाँजाका लागि नेपाली हावापानी लाभदायक मानिन्छ । नेपालमा मात्रै १ सय ११ प्रकारका गाँजा पाइन्छन् भने ती सबै गाँजाबाट औषधि मात्र नभएर नेपाली बजारलाई नै धान्न सक्ने लत्ताकपडासमेत उत्पादन गर्न सकिन्छ । ऐडी विगत २४ वर्षदेखि काठमाडौंंका कुनाकाप्चादेखि पहाडी र तराई क्षेत्रका गाउँगाउँसम्म पुगेर गाँजाका रेसाहरू भेला पार्दै आएका छन् । २०५५ सालबाट व्यवसाय सुरु गरेका उनले अहिलेसम्म फरेस्ट्री हेम्प ब्याग उद्योग, फरेस्ट्री फेब्रिक र नेपाल लोकल गार्मेन्ट धेरैवटा उद्योग संचालन मात्र गरेका छैनन् ,सयौँ जनालाई रोजगारी समेत दिइरहेका छन् ।
गाउँमा सामूहिक रूपमा जंगलबाट गाँजा टिपेर त्यसबाट रेसा निकालेर गाउँलेले बर्सेनि लाखौँको कमाइ गर्दै आएको सञ्चालक ऐडीको अनुभव छ । उनले मात्रै नेपालका ४७ जिल्लाबाट गाँजा संकलन गर्ने गरेको उनी बताउँछन् । सरकारले अब गाँजा उत्पादन हुने प्रत्येक गाउँपालिका,नगरपालिका ,प्रदेश र केन्द्रमा गाँजा ,उद्योग ,औषधि र रोजगारीलाई जोड्ने विषयमा तिव्र गतिमा अघि बढनुनैपर्छ । विषयमा राजावादी,लोकतन्त्र तथा गणतन्त्रवादी सबैले एक स्वरमा आवाज उठाउँदै हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन् । सरकारले नेपालमा गाँजालदाई वैधानिक नगर्दा लागूऔषध ओसारपसारको दर दैनिक चौ गुणाले बढिरहेको छ ।
नेपालमा गाँजाको विषयमा अहिलेसम्म भएका बसबारे तलकाे समाचारकाे लिङ क्लिक गरेर हेर्नुहोस् :
‘




