
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ निकै औपचारिक सिस्टताका आधारमा नै दिर्दै सो कार्यक्रम सके। आइतबार प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए । सो प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले सबैलाई औपचारिकतामय भएर जवाफ दिएका थिए ।
तर आम जनता पार्टीका सांसद प्रभु साहले राखेको आठ वटा प्रश्नको जवाफ भने प्रधानमन्त्रीले दिएनन् । सांसद साहसँग प्रधानमन्त्री आक्रोसित बने । प्रधानमन्त्री ओलीले शाहको जवाफ दिने प्रक्रियामैँ थिए । तर प्रधानमन्त्रीले जवाफ सुरु गरेपछि प्रधानमन्त्रीको जवाफ नसुनि प्रश्नमात्र थप्न खोजेपछि सभामुख देवराज घिमिरेले सर्तअनुसार नै अघि बढ्न साहलाई निर्देशन दिए
त्यसपछि प्रधानमन्त्री ओलीले शाहलाई म म्यानपावरको मान्छे हुँ ? भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओलीलेले किन साहलाई यो प्रश्न गरे भन्ने कुरा निकै गहिरो विषय हो । सरकारले ल्याएका अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने भए आफूले चाहेको पद पाउनुपर्ने भन्दै सत्तागठबन्धनसँग बारम्बार बार्गेनिक टुलको प्रयोग गरेका थिए । सरकारले साहको स्वार्थ पुरा गरिदिन नसक्ने भएपछि उनले सरकारले ल्याएको अध्यादेशका विषयमा असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै सरकारलाई अफ्ठ्यारोमा पारेका थिए । प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन । उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । तर जवाफ दिएनन् ।
‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै प्रश्न गरे, ‘के म मेनपावरको मान्छे हुँ ?’ भन्दै प्रधानमन्त्रीले प्रश्न गरे । उनले थप प्रश्न गरे, ‘अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो । तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ?’
प्रभु साहले प्रधानमन्त्रीलाई सोधेका आठ प्रश्न :
