काठमाडौं । काठमाडौँका पूर्वमेयर पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको हो ।
श्रद्धाञ्जलीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत पुगेका छन् । सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको थियो । उनी पूर्वमन्त्री समेत थिए ।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए ।




