अर्थ

आफु सहकारी ठगी प्रकरणबाट जोगिन रविले बिसाए फरार जीबिको टोउकोमा भारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा अघिल्लो सरकारको छायाँमा परेका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिाछानेमाथि सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज बयान लिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा रहँदा गृहमन्त्री समेत बनेका रवि लामिछानेलाई आरोप लागेपछि प्रचण्डले अनुसन्धान गर्ने निर्देशन दिनुको सट्टा उल्टै गोजीमा बोकेर हिँडेका थिए । तर सरकार परिवर्तन भएपछि सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सहकारी ठगी अनुसन्धानका लागि बनेको संसदीय छानबिन समितिले बयान लिएको हो ।
रास्वपा सभापति रविलामिछानेले शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयान दिएका छन् । सभापति रवि लामिछानेले सहकारी प्रकरणबाट आफु चोखिनका लागि गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने उल्लेख गर्दै फरार सुचीमा रहेका जीबि राईको टाउकोमा भारी बिसाएका छन् ।

तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने उल्लेख गरे । उनले सभापति लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको जिकिर गरे ।

उनले आफ्नो सहकारीसँगको, गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताउँदै जिबी राईसँगको चिनजानका बारेमा, जिबी राईको व्यावसायिक संलग्नता रहेको उल्लेख गरे । समितिले करिब ५० वटा प्रश्नहरू लामिछानेलाई सोध्ने तयारी गरेको छ । केही प्रश्नमा सोधिएको समितिले जनाएको छ । विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकताका बारेमा जीबि राईलाई थाहा हुने बताए । शुक्रबार समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग बयान लिएको थियो ।

समितिले १५ नम्बर प्रश्नमा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा रकम पठाउन मिल्छ भनेर प्रश्न गरेको छ । ‘व्यक्तिको नाममा ऋण खडा गरी कम्पनीमा रकम पठाउन मिल्छ ? उक्त रकम गोरखा मिडिया नेटवर्क प्रालिमा के कुन आधारमा र प्रयोजनका लागि लिनुभएको थियो ?’, लामिछानेलाई समितिले सोधेको प्रश्नमा उल्लेख छ । त्यस्तै प्रश्न नम्बर १६ मा सुप्रिम वचत तथा ऋण सहकारी लि। बुटवलमा छविलाल जोशीको नाममा २ करोड ५० लाखको ऋण खडा गरी गोरखा मिडिया नेटवर्क प्रालिको बचत ग्लोवल आइएमई बैंकमा भएको खातामा २ करोड ४५ लाख जम्मा भएको देखिन्छ । उक्त व्यहोरा के कसो हो ? भनेर समितिले प्रश्न गरेको छ ।

रवि लामिछानेलाई संस्थाको संचालकको रुपमा रहँदा जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट लिएको रकम व्यक्ति र संस्थाको नाममा अपचलन गरेको आरोप छ । पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप उनीहरुमाथि लागेको छ । उक्त विषय प्रमाणसहित संचारमाध्यमहरुमा समेत आएको छ । गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *