देश

सडकमै चिप्लिएर माइक्रोबस पल्टिंदा १५ जना घाइते

धादिङ।काठमाण्डौंबाट पोखरा जाँदै गरेको गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाईते भएका छन् ।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको हो । सो माईक्रो बस सडकमा पल्टिएको छ । माइक्रो बस दुर्घटनाका घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *