काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संसोधन गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै महामन्त्री थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
‘संविधान संसोधनको कुराले धेरैजना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन्, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संसोधन गर्दा सबैको प्रतिनिधित्व थापाले भनेका छन् ।




