काठमाडौं । सता समिकरण परिवर्तन भएसँगै राजनीतिक स्थायीत्वका लागि साना दललाई पनि सरकारमा समावेश गराउने पहलपछि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साना दलहरुलाई पनि प्रदेश सरकारमा समावेश गर्ने रणनीति बनाएपछि अहिले छलफलका कारण प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले केही साना दललाई पनि समेट्ने योजना बनाएपछि जसपा, लोसपा नेपाल र नागरिक उन्मुक्ति र जनमत पार्टीले सरकारमामा जान इच्छा व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्यले साउन ९ गते नेपाली कांग्रेसबाट ४ र एमालेबाट ४ जना मन्त्री नियुक्त गरेर अन्य साना दलहरुलाई सरकारमा सहभागि गराउने उदेश्यले तीन मन्त्रालय आफैँसँग राखेका छन् । मुख्यमन्त्री आचार्यको जिम्मेवारीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन् । उक्त मन्त्रालयहरुमा साना दलहरुसँग छलफल गरेर अन्य दलका मन्त्रीहरुलाई उक्त मन्त्रालयमा नियुक्ती गर्ने मुख्यमन्त्री आर्चायको तयारी छ ।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेका छन भने अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री मात्र सरकारमा छन् । मुख्यमन्त्री आर्चायलाई छलफललाई तिव्रताका साथ अगाडी बढाएर प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिन दबाब बढेको छ ।
लोसपा नेपालका लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक हेमा बेल्वासेका अन्ुसार लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने तर मन्त्रालयको जिम्मेवारीको बारेमा ठोस निर्णय हुन सकेको छैन् । उनले कुन मन्त्रालय लिने भन्ने बारे एकिन नभएको बताइन् । यस्तै नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म बहादुर चौधरीले पनि सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताएका छन् । तर मन्त्रालयका बारेमा भने ठोस निर्णय भएको छैन् ।
संघीय सरकार, मधेस र लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्ने पार्टीको नीति भएकाले सरकारमा सहभागी हुने विषयमा आफुहरु तयार रहेको जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आफुहरुलाई सरकारमा सामेल गराउने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले नै सक्रियाता बढाउनुपर्ने र तोकिएको मन्त्रालयको जिम्मेवारी आफुहरु लिन तयार रहेको उनको भनाई छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो पार्टीको कोटामा परेको थप एक जना मन्त्री टुङ्ग्याउन कुनै समस्या नरहेको बताए । सबै दलले मन्त्रीको नाम टुङ्ग्याएर मुख्यमन्त्रीलाई दिएपछि नेपाली कांग्रेसले समयमा नै मन्त्रीको नाम सिफारिस गर्छ,‘उनले भने ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य राजनीतिक छलफलका लागि काठमाडौँ आएका छन् । काठमाडौंमा शीर्ष नेताहरुसँग छलफल गरेर फर्किएपछि साना दलसहित बाँकी मन्त्रीको नाम टुङ्ग्याउने सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले जानकारी दिए । सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीका अनुसार सरकारमा लैजाने विषयमा ४ वटा साना दलसँग छलफल भएको छ । तर कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा ठोस निर्णय भएको छैन् । साना दललाई सरकारमा समावेश गराउने विषयमा ठोस निर्णयमा नपुग्दा लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाई
काठमाडौं । सता समिकरण परिवर्तन भएसँगै राजनीतिक स्थायीत्वका लागि साना दललाई पनि सरकारमा समावेश गराउने पहलपछि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साना दलहरुलाई पनि प्रदेश सरकारमा समावेश गर्ने रणनीति बनाएपछि अहिले छलफलका कारण प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले केही साना दललाई पनि समेट्ने योजना बनाएपछि जसपा, लोसपा नेपाल र नागरिक उन्मुक्ति र जनमत पार्टीले सरकारमामा जान इच्छा व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्यले साउन ९ गते नेपाली कांग्रेसबाट ४ र एमालेबाट ४ जना मन्त्री नियुक्त गरेर अन्य साना दलहरुलाई सरकारमा सहभागि गराउने उदेश्यले तीन मन्त्रालय आफैँसँग राखेका छन् । मुख्यमन्त्री आचार्यको जिम्मेवारीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेका छन् । उक्त मन्त्रालयहरुमा साना दलहरुसँग छलफल गरेर अन्य दलका मन्त्रीहरुलाई उक्त मन्त्रालयमा नियुक्ती गर्ने मुख्यमन्त्री आर्चायको तयारी छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेका छन भने अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री मात्र सरकारमा छन् । मुख्यमन्त्री आर्चायलाई छलफललाई तिव्रताका साथ अगाडी बढाएर प्रदेशको मन्त्रिपरिषदलाई पूर्णता दिन दबाब बढेको छ ।
लोसपा नेपालका लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक हेमा बेल्वासेका अन्ुसार लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने तर मन्त्रालयको जिम्मेवारीको बारेमा ठोस निर्णय हुन सकेको छैन् । उनले कुन मन्त्रालय लिने भन्ने बारे एकिन नभएको बताइन् । यस्तै नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्म बहादुर चौधरीले पनि सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताएका छन् । तर मन्त्रालयका बारेमा भने ठोस निर्णय भएको छैन् ।
संघीय सरकार, मधेस र लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्ने पार्टीको नीति भएकाले सरकारमा सहभागी हुने विषयमा आफुहरु तयार रहेको जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार आफुहरुलाई सरकारमा सामेल गराउने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले नै सक्रियाता बढाउनुपर्ने र तोकिएको मन्त्रालयको जिम्मेवारी आफुहरु लिन तयार रहेको उनको भनाई छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो पार्टीको कोटामा परेको थप एक जना मन्त्री टुङ्ग्याउन कुनै समस्या नरहेको बताए । सबै दलले मन्त्रीको नाम टुङ्ग्याएर मुख्यमन्त्रीलाई दिएपछि नेपाली कांग्रेसले समयमा नै मन्त्रीको नाम सिफारिस गर्छ,‘उनले भने ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य राजनीतिक छलफलका लागि काठमाडौँ आएका छन् । काठमाडौंमा शीर्ष नेताहरुसँग छलफल गरेर फर्किएपछि साना दलसहित बाँकी मन्त्रीको नाम टुङ्ग्याउने सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले जानकारी दिए ।सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीका अनुसार सरकारमा लैजाने विषयमा ४ वटा साना दलसँग छलफल भएको छ । तर कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा ठोस निर्णय भएको छैन् ।