काठमाडौं । लोकसेवा आयोगले प्रशासन सेवातर्फ २ सय १७ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस गरेको छ। खुलातर्फ , १०५ महिलातर्फ :२८ जना,आदिवासी जनजातितर्फः २५ जना,मधेसीतर्फः ३५ जना,दलिततर्फ ः १५ जना,अपांगतर्फ ः ५ जना शाखा अधिकृत नियुक्तिका लागि सिफारिस भएका छन् । जनानेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजस्व समूह, नेपाल लेखापरीक्षण सेवा र सङ्घीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा नियुक्तिका लागि सिफारिस भएको हो।
अन्तर्वार्ता र लिखित दुवैमा सफल भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा उनीहरूको नाम मंगलबार प्रकाशित गरेको आयोगले जनाएको छ ।












